☰ open Loading... 28 September 2025|  

कर्णाली प्रदेशकै ठुलो जलविद्युत परिक्षणको तयारीमा
  | ३ भाद्र २०७६, मंगलवार २०:२२

दैलेख, कर्णाली प्रदेशमा अहिलेसम्मकै ठुलो जलविद्युत उत्पादन कम्पनीका रुपमा दैलेखको नौमुले नयाँ जलविद्युत आयोजना परिक्षणको तयारी रहेको छ । ४.५ मेगावाटको विद्युत उत्पादन क्षमताको पदम खोलामा डोल्टीपावर जलविद्युत आयोजनाले परिक्षणको तयारी अन्तिम अवस्थामा रहेको जनाएको छ । यसअघि नौमुलेमै द्धारीखोला हाईड्रोपावर दुई वर्षअघि सञ्चालनमा आई राष्ट्रिय प्रशारणमा जोडिएको छ ।

छिटो निर्माण सम्पन्न गर्नका लागि निर्माणाधिन अवस्थामा रहेको डोल्टी पावर जलबिद्युत आयोजना निर्धारित समय अगावै निर्माण सम्पन्न गरि परिक्षण प्रसारण सुरु तयारी थालेको हो । तर, वर्षा लागेसंगै तिव्र रुपमा निर्माण कार्य रोकिएको छ । वर्षात सकिएसंगै परिक्षणको तयारी थालिएको जनाईएको छ । दैलेखको नौमुले गाउँपालिकास्थित साविकको कालिका तथा द्धारी गाविस बिच भएर बग्ने भित्री पदम खेलामा निर्माण सुरु भएको १३ महिनामै डोल्टी पावर जलबिद्युत आयोजना जेष्ठ महिनाभित्र परिक्षण प्रसारण तयारी थालिएपनि अव, असोजभित्रै हुने गरि काम भैरहेको जनाईएको छ ।

करिव २ किलोमिटर टाढाबाट पाईप मार्फत भुमिगत लाईनबाट पानी ल्याई ३ सय मिटर उचाईबाट पानी पावर हाउसमा झारिने निर्माण कम्पनीले जनाएको छ । आफुहरुले जेष्ठमै परिक्षण गर्ने गरि काम तिव्र गतिमा भएपनि विविध कारणले वर्षातपछि परिक्षण हुने डोल्टी पावर जलविद्यूत आयोजनाका प्रवन्धक अनिल खनालले बताए ।

करिव ८० करोड लागतमा बन्न लागेको ४.५ मेगावाटको कर्णाली प्रदेशकै ठुलो आयोजनाका रुपमा रहेको हो । आयोजनाले कामलाई प्राथमिकतामा राखी स्थानियको बिश्वास जितेर काम गरेपछि स्थानियमा रहेको अविश्वास मात्र हटेको छैन । जल, जमिन र जडिबुटिको खानीका रुपमा रहेको नौमुले क्षेत्रलाई हाईड्रो हवको रुपमा लिईन्छ । यस अगावै द्धारी खोला हाईड्रो पावर सञ्चालनमा छ । नौमुलेमै अर्को लोहोरेखोला जलविद्युत आयोजना निर्माण प्रक्रियामा छ । द्धन्दको चरम चपेटामा परेको नौमुले क्षेत्रमा धमाधम जलबिद्युत आयोजना निर्माण बढेपछि नौमुले गाउँपालिकामा आन्तरिक पर्यटनसंगै आम्दानीको स्रोत त बढेको छ ।