☰ open Loading... 24 February 2025|  

कालिकोटमा चार वर्षमा ७५ सिँचाइ कुलो निर्माण
  | १० भाद्र २०७६, मंगलवार १२:३७

कालिकोट : नेपाल सरकार र स्वीस सरकारको आर्थिक सहयोगमा संचालित साना सिँचाइ परियोजनाले चार बर्षमा ७५ वटा सिँचाइ कुलो निर्माण गरेको छ । २६ करोड ८६ लाख ५७ हजार ४४ रुपैयाँ लागतमा सिँचाइ कुलो निर्माण गरेको हो।

सिँचाइ सुविधाबाट बन्चित समुदायमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले सिँचाइ कुलो निर्माण गरिएका हुन्।

जिल्लाका नौ वटा स्थानीय तहमा नै काम गरेर सिँचाइ कुलो निर्माण गरिएको साना सिँचाइ परियोजनाका इन्जिनियर सौरभ तामाङले बताए।

‘हामीले जिल्लाका नौ स्थानीय तहमा रहेर काम गरेका छौं’ उनले भने,‘जिल्लाका ७५ वटा सिँचाइ कुलो निर्माण गएिका छन्।’

सिँचाइ सुविधाबाट जिल्लाका १८ हजार ६३ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा गरेको र ६ हजार ९५१ घरपरिवारमा लाभान्वित भएको साना सिँचाइ परियोजना प्राविधिक कमल रावलले बताए। ‘हामीले सिँचाइ सुविधा नभएका क्षेत्रमा काम गरेका छौं’, उनले भने, ‘यसले सिँचाइ सुविधा नभएको ठाउँमा अन्नबाली उत्पादनमा बृद्धि गर्नेछ।’

सिँचाइ कुलो निर्माण सिचाई सुविधा पुगेको अहिले अन्नबाली उत्पादनमा बृद्धि भएको नरहरीनाथ गाउँपालिका ९ लालुका खोलाखर्क गानेचौर सिँचाइ कुलो उपभोक्ता समितिका सचिव कबिराज बिष्टले बताए।

‘विगतमा सिँचाइ सुविधा नहुँदा अन्नबाली लगाउन आकासे पानीको भर पर्नुपर्ने बाध्यता थियो’ उनले भने,‘अहिले सिँचाइ कुलो हुँदा समयमा नै बालीनाली लगाउन पाइएको छ। उत्पादन पनि बढेको छ।’