☰ open Loading... 24 February 2025|  

कर्णाली राजमार्ग अवरुद्ध
  | १० भाद्र २०७६, मंगलवार १३:२१

कालीकोट : कर्णाली राजमार्गअन्तर्गतको तिलागुफा नगरपालिका वडा नम्बर ७ र ८ को टाकुला खोलामा बाढीले सडक बगाउँदा राजमार्ग अवरुद्ध भएको छ। बाढीका कारणले सोमबार बेलुकादेखि राजमार्ग अवरुद्ध यातायातका साधन चल्न सकेका छैनन्।

अवरुद्ध राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालीकोट सदरमुकामबाट जाँदै गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

सोमबार बेलुकादेखि अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताए।  ‘अहिले अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘बाढीका कारणले राजमार्ग बगाएकाले अवरुद्ध भएको हो।’ नगरपालिकाका प्रमुख शाहीले मंगलबार नै राजमार्ग खुलाउने गरी काम भइरहेको बताए।

थाहाखबरबाट