☰ open Loading... 25 February 2025|  

फेसबुकबाट चिनजान गरेर बलात्कार
  | १० भाद्र २०७६, मंगलवार १३:२५

रुकुम : किशोरीमाथि बलात्कार गरेको अभियोगमा रुकुम पश्चिममा एक युवा पक्राउ गरेका छन् । पक्राउ पर्नेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका-५ खहरे बस्ने २५ वर्षीय तेजविक्रम आरसी रहेका छन् ।

उनले रोल्पा घर भई हाल रुकुम पश्चिम बागबजारमा बस्दै आएकी एक किशोरीमाथि बलात्कार गरेको अभियोग छ । आरसीले सामाजिक सञ्जाल फेसबुकबाट परिचय गरी बिहे गर्छु भन्ने प्रलोभन देखाई कोठामा लगेर बलात्कार गरेको पीडित किशोरीले प्रहरीलाई दिएको निवेदनमा उल्लेख छ।

बलात्कारपछि फरार रहेका आरसीलाई खोजतलास गर्ने क्रममा रुकुम पश्चिम मुसिकोट नगरपालिका-५ सेरीगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले बताए ।

उनलाई हिरासतमा राखी थप अनुसन्धान जारी रहेको  प्रहरीले जनाएको छ ।

थाहाखबरबाट