☰ open Loading... 15 November 2024|  

‘पहिराेले घरबारी उजाड्याे, त्रिपाल हटाउने अाशले छाेराे गुमाए’
  | १४ भाद्र २०७६, शनिबार १८:२७

सुशील खड्का
भेरीगंगा (सुर्खेत) । ‘०७१ सालको कहाली लाग्दो पहिरोले घरबास उजाड बनायो । दुःखले आर्जेको सम्पत्ती छिनभरकै पहिरोले लयो । देशमा राज्य भएको अनुभूति गर्न नपाएरै आशै आशमा पाँच वर्ष काटे । एक वर्षअघि मात्रै आशा अनि भरोसा दिने छोरो पनि गुमाए ।’ भक्कानिदै बाढीपहिरो विस्थापित देउरुपा कामीले भनिन्, ‘आमा बुवाको भरोसा छैन्, म गाडी चलाएरै भएपनि कमाउँछु, चाडै त्रिपालबाट उन्मुक्ती कसो नपाइएला, घर सम्हालेर बस्नु है । म चाँडै फर्किन्छु भनेको आँखै अघि घुमेको छ ।’ कलकलाउँदो उमेरको छोराले यत्ति आश देखाएपछि देउरुपाको मनमा खुसी छायो । छोरालाई घरबाट विदा गरिन् ।


घरको जेठो छोरो कमाउन गएपछि देउरुपाले त्रिपालमै कष्टकर दैनिकी काटिन् । ट्रक चलाउन विराटनगर हानिएको छोरा लालसिंह कामी ०७४ भदौ २७ गते दुर्घटनामा प¥यो । उनको घटनास्थलमै मृत्यु भइसकेको रहेछ । तर देउरुपालाई जिवितै छ उपचार भइरहेको सन्देश आयो । मुर्छित आमाको मनमा थोरै आशा बचेकै थियो । यद्यपी लालसिंह जीवत हैन् मृत शरिर घरमा आइपुग्यो ।

‘कहालिलाग्दो त्यो पहिरोको खाटा ओभानो हुन नपाउँदै दैवले अर्को खुसी लुट्यो’ सम्झियो भने टाउको दुख्छ बोल्न सक्दैन् सर भन्दै देउरुपाले थपिन्, ‘जिन्दगीमा अब केही बाँकी रहेन्, रोगी श्रीमान भारतको कालापहाडमा लेवरी काम गर्छन् । राज्यबाट आश गर्दा गर्दै पाँच वर्ष वित्यो । खै त्रिपालबाट उन्मक्ती पाइने कहिले हो कुनै संकेत छैन् ।’

‘त्रिपालबाट उन्मुक्ती गराउने आशामा छोरा गुमाए मलाई पीडामाथि पीडा मात्रै दिएको छ’ थकितहुँदै देउरुपाले प्रश्न गरिन्, ‘घरबार नहुँदा छोरो पढाउन सकिन् साथमा रहेका एक छोरा र छोरी पढाउ की दैनिक छाकटार्न लेवरी काम गरु ?’

रुपकला प्रतिनिधिमुलक पात्र मात्रै हुन् उनको जस्तै दुःख त्रिपालका विस्थापितहरुले पाँच वर्षदेखी झेलिरहेका छन् । लामो समयसम्म सरकारले सुर्खेतका बाढीपहिरोबाट विस्थापितहरुको पुनस्र्थापना नगर्दा त्रिपालमै दुखकर दैनिकी विताउन विवश छन् ।

साविकको लेखपराजुल गाविस हाल भेरीगंगा नगरपालिकाका डुंगीखोलाका २२ घरधुरी घरबारवहिन भएका थिए । सरकारले पूर्ण क्षती भएका परिवारलाई राहत दिने आश्वासन दिन लागेको वर्षौ वित्यो तर उनीहको उचित बन्दोबस्त अझै गर्न सकेको छैन् ।

सुर्खेतमा एकहजार ४५ घरधुरीका नागरिक सुर्खेतका विभिन्न स्थानमा बस्दै आएको विवरण केलाउने बाहेक सरकारले उनीहरुको उचित बन्दोबस्त गर्न सकेको छैन् । बाढीपहिरो विस्थापितहरुको शिविरमै पुगेर अर्का बाढीपीडित नरबहादुर सुनारले प्रदेश सरकारले बाढीपीडितका कुरा सुन्ने तर कुनै निर्णय गर्न नसक्ने गुनासो गर्नु भयो ।

‘त्रिपालबाट उन्मुक्त्री दिलाउँछाैं’

कर्णाली फाउन्डेशनले शुक्रबार आयोजना गरेको सांसद र बाढीपीडित भेटघाट कार्यक्रममा प्रदेश सभा सांसद सिता नेपालीले बाढीपीडितलाई आश्वासन दिँदै संसदमा बाढीपीडितका कुरा उठाएपनि भुकम्प पीडितले गर्दा ओझेलमा परेकोमा दुख व्यक्त गर्नुभयो ।

उहाँले बाढीपीडितले पाउनु पर्ने जती बजेट नपाएको भन्दै उनिहरुलाई उचित बजेट उपलब्ध गराउनका लागि संसदमा कुरा राख्ने बताउनु भयो । सांसद नेपालीले बाढीपीडितका लागि बजेट उपलब्ध गराउनका कार्यविधि तयार हुँदै गरेको जानकारी दिनु भयो ।

बाढीपीडितलाई राहत दिन सरकारसंग पहल गरेको सांसद कुर्मराज शाहीले बताउनु भयो । उहाँले बाढीपीडितका लागि यो आथिर्क वर्ष भित्रमा बजेट व्यवस्थापन हुन सक्ने आश्वासन व्यक्त गर्नु भयो ।

भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आर्चायले बाढीपीडितलाई नगरपालिकामा न्युन बजेट कारण सहयोग गर्न नसकेको दुखेसो गर्नु भयो । उहाँले संघीय, प्रदेश र स्थानीय सरकारसंग बाढीपीडितलाई राहतका लागि पहल गरिरहेको बताउनु भयो ।

उहाँले भेरीगंगामा रहेका बाढीपीडितलाई व्यवस्थापनका लागि रामघाटमा रहेको सरकारी जग्गा र पाडुलेमा रहेको सरकारी जग्गामा उपलब्ध गराउने माग गरेको जनाउनु भयो ।