☰ open Loading... 15 November 2024|  

ईपीजीमा भारतीय पक्षका टोली नेता महाराष्ट्रका गभर्नर नियुक्त
  | १५ भाद्र २०७६, आईतवार १३:५३

काठमाडौं । नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी)मा भारतीय पक्षका टोली नेता भगतसिंह कोशियारी आइतबार भारतको महाराष्ट्रको गभर्नर पदमा नियुक्त भएका छन् ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले सो नियुक्ति गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी यसअघि भाजपाको उत्तराखण्डको प्रमुख रहनुका साथै भाजपाको केन्द्रीय उपाध्यक्ष समेत भएका थिए ।

नेपालमा पनि इपीजीमा रहेका व्यक्ति मध्ये डा राजन भट्टराई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार भएका छन् भने निलाम्बर आचार्य भारतका लागि नेपालका राजदूत रहेका छन् । उता भारततर्फका प्राध्यापक बीसी उप्रेतीको पनि निधन भइसकेको छ ।

कोशियारीले इपीजीको रिपोर्ट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाउन पहल गर्दै आएको नेपाली टोलीका सदस्यहरुले यसअघि बताउँदै आएका थिए । तर, उनी गभर्नर भएपछि उता दबाब दिने प्रक्रियापनि रोकिने सम्भावना बढेको छ ।