| १७ भाद्र २०७६, मंगलवार २१:४०
काठमाडौं । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले गाईगोरुको मृत्युबारे चासो व्यक्त गरेका छन् ।
मंगलबार मन्त्रिपरिषद्का सदस्यहरुसँग भिडियो कन्फरेन्सबाट कुराकानी गरेका प्रधानमन्त्री ओलीले सुर्खेत घटनाबारे चासो व्यक्त गरेका हुन् । जवाफमा गृहमन्त्री रामबहादुर थापा बादलले घटनाबारे बि्रफिङ गर्दै छानविन सुरु भइसकेको बताएका छन् ।
‘प्रधानमन्त्रीले छानविनलाई तीव्रता दिन र त्यसमा जो सुकै संलगनहरुलाई कारबाही गर्न निर्देशन दिनु भएको छ,’ सञ्चारमन्त्री गोकुल बास्कोटाले भनेका छन् ।
दैलेखको शिरस्थान धार्मिक क्षेत्रका लागि भन्दै पठाइएका २ सय ९० गाईगोरु तथा बाच्छाबाच्छीमध्ये ३५ वटा सुर्खेतको कटकुवा र सुब्बाकुना जंगलमा मृत अवस्थामा भेटिएका थिए ।