☰ open Loading... 26 February 2025|  

बजाजकाे महा एक्सचेन्ज मेला सुर्खेतमा शुरू गरिँदै
  | १८ भाद्र २०७६, बुधबार १९:२६

सुर्खेत । बजाज कम्पनीले माेटरसाइकल महाएक्सचेन्ज मेला सुर्खेत शुरू गर्न लागेकाे छ । यहि भदौ २२ गतेदेखि २७ गतेसम्म बजाज महा एक्सचेन्ज मेला शुरू गर्न लागिएकाे बजाज कम्पनीकाे सुर्खेतका अाधिकारिक विक्रेता असिम अटाे पार्टस्का सञ्चालक लक्ष्मण कंडेलले जानकारी दिनुभएकाे हाे ।

वीरेन्द्रनगरकाे भ्यालीभ्यू अघिकाे खुला मैदानमा एक्सचेन्ज महा मेलामा सञ्चालन गर्न लागिएकाे छ । मेलामा कुनैपनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर साट्न सकिनेछ । एक्सचेन्ज अफरमा मोटरसाइकल वा स्कुटरको न्युनतम् मुल्य ३० हजार रुपैयाँ छ ।

कुनै पनि मोटरसाइकलको प्रचलित बजार मुल्य भन्दा १५ हजार थप हुने साथै प्रत्येक नयाँ बजाज मोटरसाइकल खरिदमा बाइक कभर, हेलमेट, ल्यापटप ब्याग, लेग गार्ड प्राप्त गर्नुका साथै ठाउँको ठाउँ फाईनान्स तथा ईन्स्युरेन्सको सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।

यसैबीच बजाजले दशै तिहार अफर ल्याउने भएको छ । ‘अब कति जितिन्छ, पहिल्यै देखिन्छ’ भन्ने स्लोगन सहित बजाजले भविष्यवाणी अफर समेत ल्याइएको कंडेलले जानकारी दिनुभयाे ।

बजाज कम्पनीले सेवाग्राहीले मोटरसाईक्ल किन्नु अगाडि १ लाख रुपैयासम्म एड्भान्स क्यास र किनेपछि पनि १ लाख रुपैयाँसम्म क्यास प्राइज जित्न सक्ने छन् ।