☰ open Loading... 16 November 2024|  

चालक एशोसियसनको शाखा उद्घाटन
  | २२ भाद्र २०७६, आईतवार ११:४३

दैलेख, नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्काले चालकहरुको जिम्मेवारी महत्वपूर्ण हुने भएकाले इमान्दारीता र सक्षमताको खाँचो रहेको वताएका छन् । सरकारी तथा संस्थान सवारी चालक एशोसियसन दैलेख शाखाको उद्घाटन गर्दै उनले यस्तो वताएका हुन् ।
नगरप्रमुख खड्काले सवारी चालकहरुले आफ्नो पेसा प्रती गौरब गर्नु पर्ने भन्दै यो पेसा महत्वपूर्ण छ भन्ने र यस पेसाप्रति अरुको आकर्षण बढाउन पनि असल चालकको हात रहेको वताए । उनले यात्रा गरिरहेका यात्रुलाई सहि गन्तव्यमा पु¥याउन इमानदार र जिम्मेवार चालकको महत्वपुर्ण भुमिका हुने दावी गरे ।
उनले गाडी चलाउदै गर्दा दैलेखबाट बाहिरिने गाडिका चालकले मादक पदार्थ सेवन गर्दैनन् भन्ने उदाहरण दिनका लागि गाडी चालकले यात्राका वेला मापसे गर्दैनौं भन्ने प्रतिबद्धता गर्न अनुरोध गरे । अनुसासित, मर्यादित र इमान्दार भएर आफ्नो पदको इज्जत गर्न र गौरव गर्न सुझाव पनि दिए । चालकहरूको क्षमता बिकासका लागि आफुहरु सहयोग तत्पर रहेको वताए ।
सरकारी तथा संस्थान सवारी चालक एशोसियसन दैलेख शाखको उद्घाटन कार्यक्रममा सरकारी तथा संस्थान सवारी चालक एशोसियसनका पुर्व केन्द्रिय अध्यक्ष एवं बरिष्ट सल्लाहकार जगदिस थापामगरले कर्णाली प्रदेशका सबै जिल्लामा शााखा बिस्तार गर्ने योजना रहेको वताए । उनले कर्णाली प्रदेशमा निकै दुःखका साथ सरकारी तथा संस्थान सवारी चालक एशोसियसन स्थापना गरिएको वताउँदै आफ्नो पालामा निकै कम संख्यामा सवारी चालक रहेको र आफू ट्रक चलाएर बसेका बेला नेपाल सरकारले बोलाएर काममा लगाएको सम्झिए ।
यस्तै सरकारी तथा संस्थान सवारी चालक एशोसियसन केन्द्रिय अध्यक्ष श्यामप्रसाद देबकोटाले एकजुट भएर अगाडि बढ्न सवै सवारी चालकहरुलाई अनुरोध गरे । सवारी चालकहरू अनुशासित भएर काम गर्न उनले निर्देशन दिए । सरकारी तथा संस्थानका चालकहरु कार्यालयको नीति नियममा बस्न उनले अनुरोध गरे ।
अध्यक्ष देवकोटाले एशोसियसनले लिएको ‘बाचौ र बचाऔँ’ भन्ने नारालाई साकार पार्नका लागि सबै सवारी चालक एकजुट हुनुपर्ने वताएका थिए । आफुहरुले राजनीति गर्न नभइ आफ्नो हक अधिकारका लागि सरकारी तथा संस्थान सवारी चालक एशोसियसन स्थापना गरेको दावी गरे । कार्यक्रम सरकारी तथा संस्थान सवारी चालक एशोसियसन शाखा दैलेखका अध्यक्ष कुलवहादुर रावतको अध्यक्षतामा संचालन भएको थियो ।