☰ open Loading... 3 March 2025|  

दुर्घटना राेक्न छाडा चाैपायमा टल्कनेे पेपर लगाईयाे
  | २३ भाद्र २०७६, सोमबार २०:५७

ठाकुरवावा (बर्दिया) । भुरिगाउमा आज सडकमा छोडिएका छाडा पशु चौपायमा रिफ्लेकटिभ पेपर( लाइट परेपछी टल्किने) लगाइएको छ । विकास प्रेमी युवा समूह बर्दियाको आयोजना तथा ईलाका प्रहरी कार्यालय भुरिगाउ र अस्थायी ट्राफिक पोष्ट भुरिगाउको सहकार्यमा पेपर लगाउने काम सम्पन्न भएको विकास प्रेमी युवा समूह बर्दियाका अध्यक्ष गोपाल निरौलाले जानकारी दिनुभयाे ।

बढदो सवारी दुर्घटना लाई केही न्यूनीकरण गर्न सकिन्छ कि भनेर यो काम को थालनी गरिएको विकास प्रेमी युवा समूह बर्दियाका सचिव नारायण गौतमले बताउनुभयाे ।

रातिको समयमा छाडा पशु चौपाय नदेखिने र सवारी साधन ठोकिन पुगि हुने सडक दुर्घटना न्यूनीकरण हुने अपेक्षा सकिन्छ सचिव गौतमकाे छ ।

कार्यक्रममा ठाकुरबाबा वडा न.१ का वडाध्यक्ष श्यामलाल थारु, इलाका प्रहरी कार्यालय प्रमुख बसन्त राज पान्डे, विकास प्रेमी युवा समूह ठाकुरबाबा नगर समितिका पदाधिकारिहरु, स्थानीय बुद्दिजिवी, पत्रकार तथा स्थानिय व्यापारीहरुको उपस्थिती रहेको थियो ।