☰ open Loading... 20 April 2024|  

कार्य समितीले पायो पूर्णता, सदस्य एवं सल्लाहकारले लिय सपथ
  | २४ भाद्र २०७६, मंगलवार २१:२४

दैलेख, उद्योग वाणिज्य संघ दैलेखको भाद्र २१ गते बजेको बैठकले ३ जना कार्यसमिति सदस्य सहित सल्लाहकार समति र कानुनी तथा प्रेस सल्लाहकार मानोनित गरेको छ । थप तिन सदस्य सहित तेत्तिस जनाको पूर्ण कार्यसमिति निर्माण भएको छ ।
लामो समय सम्म खाली रहेको कार्य समिति सदस्यहरुमा वेलासपुर दालमोट उद्योगका प्रोपराईटर टिकादेवी जैशी,अन्नपूर्ण ईन्टर प्राईजेजका पोपराईटर प्रकाश पोड्याल र दुनलघु उद्यमी गंगा नेपालीलाई सदस्य पदमा मनोनित गरिएको छ । सल्लाहकार समितिको संयोजकमा संघका सस्थापक अध्यक्ष प्रेम बहादुर बिष्ट, सदस्यहरुमा नरेन्द्र बहादुर थापा,गणेश बहादुर खड्का,खगीराम सुनार,कृष्ण प्रसाद कोईराला,रामु बिक पाल्पाली,मन बहादुर कटुवाल रहेको छन भने प्रेस सल्लाहकारमा न्यूज २४का जिल्ला प्रतिनिधि यमराज कटुवाल र एपीवान एच डिका प्रतिनिधि बिशाल सुनार मनोनित भएका छन । त्यस्तै कानुनि सल्लाहकारमा प्रेम बहादुर थापा मनोनित भएका छन भने आजै सपथ ग्रहण समेत सम्पन्न भएको छ । सपथ ग्रहणमा २ जना सदस्य जिल्ला बाहिर भएकाले अर्को बैठकमा सपथ ग्रहण गराउने निधो गरिएको छ ।
उद्योग वाणिज्य संघ दैलेखको आध्यक्ष कुल बहादुर बि क को अध्यक्षतामा संचालित सपथ ग्रहढण कार्यक्रममा स्वागत एवं शुभकामना मन्तव्य निवर्तमान अध्यक्ष शान्ति प्रसाद शर्माले गर्नु भएको थियो भने शुभकामा मन्तव्य व्यक्त गर्नेमा पुर्व द्धाय अध्यक्ष तथा बिशिष्ट सदस्य यम बहादुर मल्ल,गणेश बहादुर श्रेष्ठले आप्mनो धारणा राख्नु भएको थियो । मानोनित सदसयसहरुलाई शुभकामना दिदै हामी निजि क्षेत्र भएकाले आफ्नो व्यवसायिक निष्ठालाई कायम राख्दै व्यापार र सेवालाई कायम राख्नु पर्नेमा जोड दिनु भएको थियो । दिनानुदिन नितिनियम बन्दै जाने र व्यापारिहरुलाईनै असहज वातावरण बन्दै गएको तर्फ सरकारलाई सम्वेदनशिल बन्दिन आग्रह गरिएको थियो ।
कार्यक्रमका अध्यक्ष तथा उद्योग बाणिज्य संघका अध्यक्ष कुल बहादुर बिकले स्वास्थ्य प्रतिकुलताको कारण ढिला हुन गएता पनि अव र आजका मिति देखि सम्पूर्ण व्यवसायिहरु एक ढिक्का भएर सम्पूर्ण व्यवसायिहरुको हक हितका पक्षमा थप उर्जाको साथ लाग्र्नु पर्ने आजको अवश्यकता भएको बताउनु भएको छ । दैलेख जिल्लाको समग्र बिकासको पक्षमा उल्लेख्य चासो र चिन्ता नगरिएको तर्फ ईगित गर्दै राजनितिक दल,जनप्रतिनिध तथा स्थानिय सरकार र हामी अव एक जुट भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो । हिजो आज सरकारले व्यवसायिहरुलाई निकै ह्यको व्यवहार गरेको महसुस भएको समेत गुनासो गर्नृ भयो । भने कार्यक्रम महासचिव राजेश कुमार हमालले संचालन गर्नुभएको थियो ।