☰ open Loading... 1 March 2025|  

जोनसन ब्रान्डको सेनेटरी सामानको डिलर सुर्खेतमा
  | ३० भाद्र २०७६, सोमबार १७:३५

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जोनसन ब्रान्डको सेनेटरी सामानको डिलर सुर्खेतमा सञ्चालन गर्न लागिएको छ । वीरेन्द्रनगरमा भवन निर्माणको क्रम बढेसंगै गुणस्तरिय सामग्रीको विक्री गर्ने उदेश्यले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जोनसन ब्रान्डकाे डिलर सञ्चालन गर्न लागिएको हो ।


वीरेन्द्रनगर–६ खोर्केखोला लाइनमा यामु सप्लायर्सको नाममा घटस्थापनादेखी सोरुम सञ्चालन गरिने सञ्चालक प्रमोद हमालले जानकारी दिनुभयो । ‘घर एकै पटक बनाउने हो, त्यसमा गुणस्तरिय सामग्री राख्ने चाहना सबैको हुन्छ’ हमालले भन्नुभयो, ‘लोकल धारा वा टायल्सबाट आजितहरुले ब्राण्डेट सेनेटरी सामग्री बाहिरबाट मगाइरहेकाले सोरुम खोल्न लागेका हुँ ।’

जोन्सन कम्पनीका सेनेटरी सामग्रीहरु कम्तीमा १५ वर्ष वारेन्टी हुने हमालले बताउनुभयो । विक्री भएका सामग्रीमा लेउ जमे वा अन्य केही समस्या देखिए तत्कालै फेर्ने सुविधा ग्राहकले पाउने छन् । सोरुम सञ्चालन गर्न झण्डै एक करोड ५० लाखको लगानी लाग्ने हमालको भनाई छ ।