☰ open Loading... 15 November 2024|  

६ अर्बभन्दा बढी पटक हेरिएको गीत ‘डेस्पासितो’ले के भन्छ ?
  | ११ आश्विन २०७६, शनिबार १०:००

‘डेस्पासितो’ को अर्थ हुन्छ, विस्तारी। सुस्तरी।

अर्थ जे होस्, झन्डै तीन वर्षअघि सार्वजनिक भएको स्पेनी भाषाको यो गीतको लोकप्रियताले इतिहास रचिसकेको छ।

पुर्तोरिकन गायकद्वय लुइस फोन्सी र ड्याडी यांकीको ‘डेस्पासितो’ कम समयमै संसारभरि हलचल मच्चाउने र यूट्युब इतिहासमै सबभन्दा छिटो धेरैपटक हेरिएको गीत हो। सार्वजनिक भएको २०३ दिनमै यो ३ अर्बभन्दा बढी हेरिएको थियो। अहिलेसम्म ६ अर्ब ४५ करोड हाराहारी पुगिसकेको छ।

यति मात्र होइन, सबैभन्दा धेरै ‘लाइक’ पाउने र छ अर्ब दर्शक (भ्यू) कटाउने पहिलो गीतका रूपमा यसले युट्युबमा इतिहास रचेको छ। झट्ट सुन्दा छ अर्ब सामान्य लाग्ला, तर यो विश्वको जनसंख्या बराबर हो।

भनिन्छ, संगीतमा डुब्न भाषाको समझ जरुरी छैन। संगीतमा जादू छ भने शब्दको अर्थ नबुझे पनि पारखीहरू चुम्बकमा फलामझैं आकर्षित हुन्छन्। ‘डेस्पासितो’ ले संगीतको यही जादू फेरि एकचोटि प्रमाणित गरेको छ।

लोकप्रियताको शिखर चुम्न सफल यो गीतमा त्यस्तो के छ, जसले संसारभरका पारखी यसको तालमा झुमिरहेका छन्?

‘डेस्पासितो’ ले प्रेमिल शारीरिक सम्बन्धको वर्णन गर्छ, जो आत्मीय छ, पवित्र छ।

गीतको एउटा अनुच्छेदले भन्छः

‘म सुस्तरी तिम्रो घाँटीमा सास फेर्न चाहन्छु,

सुस्तरी … सुस्तरी …

तिमी मलाई कानमा केही भन्न देऊ,

ताकि म साथ नहुँदा तिमीलाई मेरो सम्झना होस्

सुस्तरी … सुस्तरी …’