☰ open Loading... 25 February 2025|  

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ
  | ११ आश्विन २०७६, शनिबार १०:११

दैलेख : कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक अभियुक्तलाई दैलेख प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका ६ का पदम प्याकुरेल रहेको प्रहरीले बताएको छ।

२०६४ सालमा नारायण नगरपालिका १ मा रहेको केसी मेडिकलमा काम गर्ने क्रममा साबिकको कालिका गाविस १ की पुनम ढेगामगरको गर्भपतन गराउँदा मृत्यु भएपछि कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका थिए।

उनी जिल्ला अदालत दैलेखले सुनाएको ५ महिनाको कैद भुक्तान गरेर छुटेका थिए। फेरि उनलाई पुनरावेदन अदालत सुर्खेतले जन्मकैदको फैसला गरेको थियो। त्यसपछि उनी फरार भएका थिए।

प्याकुरेललाई प्रहरीको विशेष टोलीले बिहीबार साझ पाँच बजेतिर दैलेखको भगवतीमाई गाउँपालिका १ बेस्तडा बजारबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका प्याकुरेललाई शुक्रबार जिल्ला अदालत दैलेखमा बुझाएको दैलेखका प्रहरी प्रमुख हरि बहादुर वलीले बताए।