☰ open Loading... 26 February 2025|  

नागवंशको इतिहास सिंजा पुस्तक विमोचन
  | १२ आश्विन २०७६, आईतवार १७:५९

सुर्खेत । दैलेखकको तिलेपाटामा जन्मिनु भएका इतिहासकार पूर्णबहादुर बडुवालद्वारा लिखित नागवंशको इतिहास सिंजा पुस्तकको विमोचन गरिएको छ । कर्णालीको इतिहासदेखी रिपु मल्लको लेख/पृथ्वी मल्लको ताम्रपत्रसम्म समेटिएको सिंजा पुस्तकको कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विमोचन गर्नुभएको हो ।


कर्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको नेपाली भाषा, कला र संस्कृतिको उत्पत्तिको थलोहुँदा पनि ईतिहासमा लुकेका अथाह तथ्यहरु नागवंशको इतिहास सिंजा पुस्तकले उजागर गरेको बताउनुभयो ।

‘पुस्तकले पाठकवर्ग र नागवंशवालीहरुको प्रभावकारीताका बारेमा यथार्थता दिन खोजेको छ’ मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘कर्णालीको खस संस्कृतिको बारेमा अध्ययन, अनुसन्धान गर्न चाहनेका लागि थप सहयोग पुग्ने विश्वास लिएको छु ।’

पुस्तकमा नागवंशको पहिचान, उत्पति तथा जन्म, नाग राज र नाग पाल एकै वंशका हुन भन्ने उल्लेख छ । लेखक बडुवालले लामो खोज, स्थलगत अनुसन्धानबाट पुस्तकको रुप दिएको बताउनुभयो ।

उहाँकाअनुसार पुस्तकमा पृथ्वी मल्लका कृतिहरु, ताम्रापत्र, भिगराज वंश, गाउँको नामबाट थरवंश लेखेको, खस राज्यको इतिहास, सिजाको रुपरेखा समावेश गरिएको छ । पुस्तक १३५ पृष्ठको छ ।