☰ open Loading... 20 April 2024|  

‘म ऋतिक रोशन बने भने कंगनासँग माफी माग्छु’
  | १२ आश्विन २०७६, आईतवार २१:४४

मुम्बई । अभिनेत्री कंगाना रनावत मिडियामाझ आफनो बोली निर्धक्क राख्छिन् । पछिल्लो समय उनी आफनो र अभिनेता ऋतिक रोशनको कुराका कारण समयसमयमा मिडियाको ‘हेडलाइन’ बन्‍ने गरेकी छन् ।

‘सिल्ली एक्स’ बाट सुरू भएको कन्ट्रोभर्सी अन्तत लीगल नोटिससम्म पुगेको थियो । तीन वर्ष अघिदेखिको ऋतिक र कगंनाको यो लडाई अझैसम्म पनि सुल्झेको छैन् ।

बीचमा केही समय सेलाएको कंगना र ऋतिकको विवाद फेरि चुलिएको छ । एक कार्यक्रममा सञ्‍चारकर्मीले कगंनालाई ‘हायपोथेटिकल’ प्रश्न सोधेका थिए । जसमा उनलाई ‘यदि तपाई बिहान उठ्दा ऋतिक रोशन हुनु भयो भने के गर्नुहुन्छ ?’ भनेर सोधिएको थियो ।

जवाफमा कगंनाले भनिन्, “म कगंनालाई फोन गरेर माफी माग्छु । ”