☰ open Loading... 24 December 2024|  

निर्मलाको नेतृत्वमा बैंक
  | २४ आश्विन २०७६, शुक्रबार १६:१९

दैलेख । झट् बैंक पुग्नेहरु प्रवन्धक यूवा देख्दा दंग पर्छन् । दैलेख सदरमुकाममा रहेको एनएमवी बैंकको प्रमुखमा स्थानीय निर्मला श्रेष्ठ कार्यरक्त छिन् । कलिलो उमेरमा शाखा प्रमुख सम्हालेकी श्रेष्ठलाई बैंकमा देख्ने सेवाग्राहीहरु जिम्मेवारी र काम देखेर दंग पर्ने गरेका हुन् ।


२०६८ सालमा पहिलो पटक बैंक क्षेत्रमा प्रवेश गरेकी नारायण नगरपालिका –१ स्थायी घर भएकी बैंक प्रवन्धक श्रेष्ठ बैंकका विभिन्न फाटको ईन्चाज हुँदै शाखाको नेतृत्व सम्हालेकी हुन् । यूवा उमेरमै बैंकको शाखा प्रमुख भई काममा तल्लिन श्रेष्ठ बैंकिग क्षेत्रमा उदाउदो ताराका रुपमा रहेकी छिन् ।

आफ्नो कामलाई सफलतापूर्वक निर्भाह गर्न सक्ने क्षमतामा अब्बल रहेकी निर्मलाकै नेतृत्वमा बैंक संञ्चालनसंगै कारोवार पनि राम्रो हुन थालेपछि नाम समेत कमाएकी छिन् ।

दैलेखमै बैंकको नेतृत्व लिने निर्मला पहिलो महिला हुन् । सदरमुकाममा रहेको एनएमवी बैंकमै ग्राहक सेवा कक्षबाट बैंकको काम सुरु गरेकी निर्मलाले अप्रेशन ईन्र्चाज हुँदै कर्जा, नगद काउन्टर ईन्चाज हुँदै एक वर्षदेखी शाखा प्रवन्धक भई नेतृत्व सम्हालेकी हुन् ।

२०७५ साउनमा प्रवन्धक पदमा कार्यरक्त निर्मला यो साउनमा एक वर्ष पुरा नाघेको छ । काम गर्ने क्रममा कामप्रति सजकता र ईमान्दारिताले नै आफुलाई बैंकले जिम्मेवारी दिएको निर्मलाको भनाई छ । ‘सुरुमा नेतृत्व पाएपछि कसरी सफलतापूर्वक निर्भाह गर्ने भन्ने चिन्ता रहने गर्दथ्यो ।’

एनएमवी बैंक दैलेख शाखाका प्रवन्धक निर्मला श्रेष्ठ भन्छिन् ः मैले नेतृत्व लिएको एक वर्षमा धेरै चुनौतीहरुसंग सामना गरे । कारोवार पनि राम्रो भईरहेको छ ।’ जिल्ला धेरै बैंकहरुसंग प्रतिस्पर्धा हुने भएकाले चुनौती निर्मलालाई उत्तिकै थियो । सवैको सहयोग रहयो, एक वर्षमा मेरो नेतृत्व उपलब्धीमुलक रहेको निर्मला बताउँछिन् ।

उनले बैंकमा गत वर्ष काम सिक्न यूवाहरुलाई अवसर समेत दिएकी थिईन् । नगरपालिकाभित्र रहेका जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता यहि बैंकबाट दिने गरिएको छ । जेष्ठ नागरिकहरुलाई भत्ता ब्यवस्थापनमा उनी उत्तिकै जुट्छिन् ।

निर्मला भन्छिन् ः ‘मैले बैंकभित्र सवै शाखामा काम गरिसकेकाले त्यती गाह्रो थिएन् तर, नेतृत्व लिएर काम गर्दा सानो बजार, बैंक धेरै भएकाले कारोवार देखाउनु नै चुनौती थियो ।’ जिल्लामा महिला नेतृत्व भएको बैंक भएकाले आफुले अवसरका रुपमा लिएको उनको भनाई छ ।

२०७५ मै एनएमवी बैंक दैलेख शाखाले बेस्ट शाखाको रुपमा पुरस्कृत समेत भएको थियो । ब्यवसायीक बैंक दैलेख सदरमुकाममा दश वटा पुगीका छन् । स्थानीय तह रहेको मुकाममा बैंकहरुले कारोवार गर्दछन् । ‘कारोबार स्थानीय तहमै पनि हुन्छ ।’ प्रवन्धक श्रेष्ठले भनिन् ः सानो बजार, धेरै बैंक हुँदा काम गर्न चुनौती नै हुन्छ ।’