दैलेख, दैलेखको पंचकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण कार्य तिहारपछि सुरु हुने भएको छ । प्रारम्भिक चरणको अध्यायन गरेको अनुसन्धान टोलीले अव, ३ महिना जिल्लामै बसेर अन्वेषणको काम गर्ने छन् । उनीहरुले दुई स्थानमा प्राविधिक र कामदार बस्ने क्याम्प नै खडा गर्दै छन् । त्यसका लागि आवश्यक ब्यवस्थापन कार्य दैलेखको डुगेश्वर गाउँपालिका र दुल्लु नगपालिकामा भैरहेको छ ।
क्याम्पमा कामदार र प्राविधिक टोली बस्ने छ भने, विशेषज्ञ टोलीलाई सदरमुकामका होटलमा राखीने तयारी भईरहेको जनाईएको छ । भूगर्व विभागका पेट्रोलियम परियोजना प्रमुख सुधीर रजौरेले अति सवेदनशिल भएकाले तेल र ग्यास अन्वेषणका लागि स्थलगत रुपमा क्याम्प बनाएर टोली बस्ने बताए ।
अन्वेषणमा सहभागी कामदार र प्राविधिकहरुका लागि टेन्ट निर्माण र शौचालय, खानेबस्ने ठाउँ बनाउने काम भईरहेको विजिपी नेपालका कार्यक्रम संयोजक सुर्यमणी लामेछानेले बताए । łअहिले ब्यवस्थापनको कामहरु भईरहेको छ ।
लामेछानेले भने, łतिहार लगत्तै अन्वेषणको काम हुनेछ । दुई स्थानमा अन्वेषणका लागि आउने टोली बस्नेगरि ब्यवस्थापन मिलाईएको उनले बताए । दैलेखको दुल्लु नगरपालिकाको हस्पिटल नजिक र डुंगेश्वर गाउँपालिकाको चुप्रामा क्याम्प राखीने छ । दुवै स्थानमा अहिले बस्नका लागि निर्माण कार्य भईरहेको छ । दुवै स्थानमा बस्नका लागि जग्गा पहिचान गरि टेन्ट निर्माण गर्ने कार्य चलिरहेको जनाईएको छ । चुप्रामा १२ वटा टेन्ट राख्ने तयारी भैईरहेको छ ।
४ दिनदेखी अन्वेषणमा आउने प्राविधिक र कामदारका लागि बस्ने, खाने, शौचालय, क्याम्प घेरवारका लागि निर्माण कार्य थालिएको छ । चुप्रामा ६ वटा शौचालय, ८ वटा धारा निर्माण गर्न लागिएको छ । चिनियाँ टोली ३० देखी ३५ जना आउने र अरु नेपाली टोली रहने जनाई कार्यक्रम संयोजक लामेछानेले बताए । कामदार स्थानीयहरु प्रयोग गरिने उनले बताए । अन्वेषणका लागि आवश्यक डिल मेशिन तिहारपछि नै नेपाल आउने जनाईएको छ । दैलेखमा अन्वेषण कार्यका लागि चिनियाँ र नेपाली टोली आएपछि उमंग्ग छाएको छ । तिहारपछि अन्वेषण कामदारको सहयोगमा प्राविधिक तथा विशेषज्ञहरुले चटान हेरेर जमिनमुनी कस्तो भनेर एमआरआई जस्तो सर्वे गर्ने भुगर्भ विभागले जनाएको छ ।
अन्वेषणमा स्यास्ट्रिक सर्भे गरिनेछ जसले जमिनमुनि कम्पनको तरंग पठाएर ड्रिलिङ हुनेछ । जसले भण्डारण कति छ कहाँसम्म फैलिएको छ । कहाँबाट निकाल्न मिल्छ आदि कुराहरु पत्ता लगाईने भुगर्भ विभाग पेट्रोलियम परियोजना प्रमुख सुधीर रजौरेले बताए । अन्वेषणका क्रममा अनुसन्धान टोलीले ग्यास तथा पेट्रोलियम पदार्थ भएको जमिनमुनीमा कम्तिमा ५ देखी २० किलोमिटरसम्म अध्यायन गर्नेछन् । चिनको चाईना जिओलोजिकल सर्भेको टोलीको नेतृत्व बरिष्ठ भुगर्वविद् टयान फुएनले गरेका छन् । अन्वेषण अवधि ३ वर्षको रहने भुगर्भ विभागले जनाएको छ । दोस्रो चरणमा अन्वेषण टोलीले ३ महिला स्थलगत रुपमा बसेर काम गर्ने छ ।