सुर्खेत । सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.ले सुविधा सम्पन्न एयर बसहरु भित्र्याएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरबाट संघीय राजधानी काठमाडौं जाने यात्रुहरुलाई सेवा दिन एयर बस थप गरेको हो ।
यात्रुहरुलाई सहज र प्रभावकारी सेवा दिने उदेश्यले दुई एयर बस थप गरेको सुर्खेत काँक्रेविहारका अध्यक्ष रमेश सापकोटाले जानकारी दिनुभयो । उहाँले आगामी पुषसम्म ६ वटा एयर बस तथा २१ नयाँ गाडी भित्र्याउन लागिएको बताउनुभयो ।
नयाँ बसहरु भारतको राजधानी दिल्लीमा निर्माण भइरहेको सापकोटाको भनाई छ । २१ गाडीहरु कर्णालीका पहाडी रुटहरुमा सञ्चालनमा हुनेछ । हाल १६० गाडी रहेको प्रा.लि.ले कर्णालीका सडक सञ्जाल पुगेका जिल्लाहरु तथा सुर्खेत–काठमाडौं, सुर्खेत–नेपालगञ्ज, सुर्खेत–महेन्द्रनगर, सुर्खेत–पोखरा लगायतका ठाउँहरुमा नियमित सेवा प्रदान गर्दै आएको छ ।
प्रा.लि.ले २०७७ को दशैंलाई लक्षित गर्दै थप सुविधाजनक गाडी भित्र्याउने महत्वपूर्ण कार्यदिशा तय गरिएको अध्यक्ष सापकोटाको भनाई छ ।