☰ open Loading... 22 April 2025|  

पेस्तोलसहित ६ पक्राउ, पक्राउ पर्नेमा तरुण दल नेपालगन्जका नगर सभापति पनि
  | १५ कार्तिक २०७६, शुक्रबार ०७:५७

इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० नमस्ते भिलेज रिसोर्टबाट बिहिबार राती ८:३० बजेको समयमा पेस्तोल सहित ६ जनालाई पक्राउ गरेको छ।

नमस्ते भिलेज रिसोर्टमा पार्किङ गरिएको बा १८ च ४२११ को कार चेकजाच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाई राखेको मेड इन यूएस लेखेको म्याग्जीनसहितको अटोमेटिक पेस्तोल बरामद गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक हेम बहादुर शाहीले बताए।

शाहीका अनुसार पेस्तोल सहित पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ रामबाघ बस्ने बर्ष ३२ को संदिपजंग शाह, दिनेश शाही, राघब शाह सानु , माधब नेपाली, जय बहादुर बुढा र प्रितम थापा मगर रहेका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरी नायब उपरिक्षक शाहीले बताए ।

पक्राउ परेका संदिपजंग शाह तरुण दल नेपालगन्जका नगर सभापति पनि हुन् ।