☰ open Loading... 15 November 2024|  

सुर्खेतमा हुने चोरीका घटनामा बालबालिका संलग्न
  | १६ कार्तिक २०७६, शनिबार १४:१५

सुर्खेत । सुर्खेतमा पछिल्लो समय चोरीका घटनामा बालबालिकाको संलग्नता बढदै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो डेढ महीनाको अवधीमा ३० भन्दा बढी चोरीका घटनामा अधिकांश बालबालिकाको संलग्नता देखिएको हो ।

प्रहरीको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साढे तीन महिनामै चोरीका १५ घटना दर्ता भएका छन् । ती घटनामा २० भन्दा बढी बालबालिका बारम्बार चोरीमा संलग्न भएको देखिएको छ ।

जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले बालबालिकाहरु चोरीका घटनामा संलग्न हुने क्रम बढेको बताउनुभयो । “उमेर नपुगेका २०–२२ जना बालकहरु चोरीमा संलग्न भएको पाइएको छ,” उहाँले भन्नुभयो, “पक्राउ ग¥यो, बालबालिका भएकै कारण अदालतले छाडिदिन्छ, अनि पुनः चोरी शुरु गर्छन् ।” बालबालिकाहरुले ठूला पसल भन्दा स–साना पसल, घुम्तीहरु फोडेर चोरी गर्ने गरेका छन् ।

बारम्बार चोरीमा संलग्न बालबालिकाहरुको आचरण सुधारसंगै पुर्नस्थापनामा स्थानीय तह र नागरिक समाजले सक्रियता बढाउनुपर्ने प्रहरीको भनाई छ । बालबालिका भएकै कारण उन्मुक्ति पाउने अवस्था छ, खराब आचरणका त्यस्ता बालबालिकाकालाई सुधार गर्नुको विकल्प छैन्, प्रवक्ता रावलले भन्नुभयो ।