☰ open Loading... 20 June 2025|  

दैलेखमा पनि ‘गो ब्याक इन्डिया’
  | २४ कार्तिक २०७६, आईतवार १९:१७

दैलेख : भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कब्जा गरेको भन्दै दैलेखमा पनि भारतविरुद्ध विरोध चर्किएको छ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेकलगायतका स्थान आफ्नो भनेर कब्जा गरेको भन्दै गो ब्याक इन्डिया भन्दै नागरिक समाज दैलेखले आइतबार विरोध गरेको हो।

विरोध कार्यक्रममा नागरिक समाज दैलेखले भारतले आफू ठूलो राष्ट्र भएको दम्भ देखाउँदै साना राष्ट्रलाई दबाएर भूमि कब्जा गर्न नमिल्ने भन्दै भारतको यो प्रवृत्ति गलत भएकाले कालापानी लिपुलेकबाट भारतीय सेना फिर्ता गरी नेपालको भूमि आफ्नो नक्साबाट हटाएर नेपाललाई फिर्ता दिन माग गदै विरोध गरिएको नागरिक समाज दैलेखका संयोजक खड्कराज सिजापतिले बताए।

थाहाखबरबाट