☰ open Loading... 15 November 2024|  

नौमुलेमा मारुनी नाच संरक्षण गर्दै
  | २५ कार्तिक २०७६, सोमबार १४:४०

दैलेख, नौमुले गाउँपालिका भाँडे गाउँका ६० वर्षका जंगबहादुर सुनाखरी मारुनी नाचका टिम प्रमुख हुन् । बुवा र बाजेबाट मारुनी नाचेको देखेका उनले अहिले त्यही नाचका टिम प्रमुख भएर नाच्ने गर्दछन् । कम्मर मादल भेरेर मादलकै तालमा नाच्ने गरेका सुनाखरी आफुहरुलाई हेर्न गाउँभरबाट ठुलो जमात भेला हुने गरेको अनुभव सुनाउँछन् । łत्यतिबेला अरु मनोरञ्जनको साधन थिएन् । उनले भने, अहिले हेर्नका लागि थुप्रै प्रविधि आएपछि परम्परागत रुपमा रहेको मारुनी नाच सिक्न, हेर्न यूवाहरु छैनन् । गाउँबाटै परम्रागत नाचहरु लोप हुने अवस्थामा पुग्न थालेपछि पुराना पुस्ताहरु चिन्तित छन् । मेला पर्व होस् या शुभ कार्य मारुनी नाचले गाउँमा शोभा नै बढाउने गदथ्यो । विशेषतः मारुनी नाच रातमा देखाउने नाच हो । गाउँमा हुने शुभ कार्यमा मारुनी नाच देखाईन्छ । जनजाति समुदायमा यो नाच विशेष गरि नाच्ने चलन छ । पुरुषलाई महिनाको रुपमा उत्तारेर नाच्ने गरिन्छ ।
उनले गाउँमा हुने खुसीयालीका कार्यक्रममा आफ्नो टिम लगेर मारुनी देखाउने गर्दछन् । घरैपिच्छे हुने खुसीयालीमा मारुनीको माग समेत हुने गर्दथ्यो । अहिले आधुनिक गितहरुले माग हुन छाड्यो । पछिल्ला वर्षहरुमा विगतजस्तो मारुनी नाच गाउँघरमा देखीन छाडेपछि सुनाखरी चिन्तित छन् । पछिल्लो पुस्ता सिक्नका लागि तयार नहुँदा संरक्षणमा जोखिम परेको उनी बताउँछन् । मारुनी नाच देखाउँनका लागि ५ देखी ८ जनासम्म गित गाउने पुरुषहरु, दुई जना गितसंगै मादल बजाउने, अरु दुईदेखी ३ जना मादल कम्मरमा बाँधेर नाच्ने र अन्य दुई जना पुरुषहरु महिलाका कपडा लगाएर मादलको तालमा नाच्ने गरिन्छ । महिनाको कपडा लगाएर नाच्नेलाई मारुनी भनिन्छ भने, कम्मरमा मादल बाँधेर नाच्नेलाई पुरुगे भन्ने चलन छ । विशेष गरि मारुनी नाचमा गाईने गितहरु भावुक खालका हुने गर्दछन् । गितमा पुराना ऐतिहाँसिक घटनाहरु, रामायण, सरस्वती लगायतका कथाहरुलाई गितको माध्यमद्धारा गाउने गरिन्छ । गाउँघरमा प्रख्यात मारुनी नाच लोप हुने अवस्थामा पुगेका कारण गाउँपालिका संरक्षणका लागि विभिन्न कार्यक्रमहरु बनाएको नौमुले गाउँपालिकाका अध्यक्ष भद्रे बुढामगरले बताए । गाउँपालिकाले सवै वडामा रहेको मारुनी नाचलाई जर्गेना गर्नका लागि कार्यक्रम समेत गरेको छ । यूवा पुस्तामा समेत मारुनी नाच हस्तान्त्ररण गर्नका लागि खुल्ला रुपमा कार्यक्रम समेत गरेको छ । सवैले मारुनी नाच हेरेर आफ्नो गाउँमा प्रर्वधन गर्न अभिप्ररित हुने अध्यक्ष बुढामगरको भनाई छ । जनजाति समुदायमा लोकप्रिय मारुनी नाच गाउँघरबाटै लोप हुने अवस्था आएकाले आफुले बचाउनका लागि लागिपरेको नौमुले सांस्कृतीक संरक्षण कार्यक्रमको संयोजक गगन रोकामगरले बताए । नौमुले गाउँपालिकाले मारुनी नाचसंगै देउडा नाच, झाउरे गित पंञ्चेबाजा, लोकदोहोरी गित लोप हुन लागेको भन्दै संरक्षणका प्रतियोगिता समेत गरेको छ ।
क्याप्सन ः नौमुले बजार भएको साँस्कृतिक कार्यक्रममा मारुनी नाच देखाउँदै द्धारी भाँडेका कलाकार टोली । तस्विर ः गोविन्द केसी÷नागरिक