दैलेख, भगवतीमाई गाउँपालिकाले विकास योजना एकिकृत गरेर रोजगारको खाका तयार पारेको छ । गाउँपालिकाभर तत्काललाई २० योजनाको करिव १ करोड ५० लाख रुपैँया रोजगार बैंक मार्फत १ सय ४० बेरोजगार यूवायूवतीहरुले विकास निर्माणमा संलग्न गराई रोजगारी दिने भएको हो ।
गाउँपालिकाले डोजर लगाएर बाहिर पैसा जान थालेको भन्दै त्यो पैसा गाउँमै रोजगारी मार्फत रोक्नका लागि रोजगार बैंक कार्यक्रम ल्याएको हो । łतत्काललाई २० योजनाको करिव १ करोड ५० लाख रुपैँया रोजगार बैंक मार्फत गाउँमै रोजगारी पाएका स्थानीयहरुले पारिश्रमिक पाउनेछन् । गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले भने, अन्य कार्यक्रमहरु, प्रदेश र संघबाट आएमा रोजगारीको संख्या बढ्ने छ । भगवतीमाई गाउँपालिकामा रहेको ७ वटा वडामा प्रति वडा २० जनाका दरले १ सय ४० जनाले तत्काल रोजगार पाउनेछन् ।
उनीहरुलाई १२ महिना नै काम पाउने गरि गाउँपालिकाले ब्यवस्थापन गरिरहेको छ । गाउँपालिकाले प्रत्येक कामदारलाई १० लाखका दरले विमा समेत गरेको छ । यो वर्षबाट लागु भएको कार्यक्रम कात्तिकबाट सञ्चालनमा ल्याईएको गाउँपालिकका अध्यक्ष थापाले बताए । उनीहरुले नेपाल सरकारले तोकेको दैनिक ज्यालादारी कम नियमअनुसार पाउनेछन् । प्रत्येक टिममा ब्यवस्थापक १ जना अध्यक्ष १ जना हुनेछन् । गाउँपालिकाका प्राविधिकहरुले महिनादिनसम्म गर्ने कामको बाँड्फाड गर्नेछन् । त्यही अनुसार ब्यवस्थापक र अध्यक्षले काममा खटाउनेछन् ।
सवैको हिसावकिताव राख्नेछन् । नियमित काममा खटिए कम्तिमा १५ हजारदेखी २० हजारसम्म एक जनाले मासिक कमाउँनेछ । यो टोलले गाउँमा भैईपरि आउने कामदेखी विपत ब्यवस्थापनका कामहरुमा तत्काल पुग्ने गाउँपालिकाले जनाएको छ । łकति दिन, के काम गर्ने स्पष्ट हुन्छ । गाउँपालिकाका अध्यक्ष थापाले भने, बेरोजगारहरुको मापदण्ड बनाएर छनौट गरेको छौं । उहाँहरुलाई वर्षभरी रोजगारी दिन्छौं । घरखर्च चलाउनका लागि बेरोजगार यूवा यूवतीहरु खाडी मुलुक र भारतमा काम गर्न जानुपर्ने बाध्यता हटाउन र त्योे श्रम गाउँपालिकामै प्रयोग गर्नेका लागि रोजगार कार्यक्रम ल्याएको अध्यक्ष थापाको भनाई छ । उनीहरुलाई ३ दिन तालिम दिएर काममा पठाईने छ ।