☰ open Loading... 12 December 2019|   बिहिबार, मंसिर २६, २०७६

तरुण दल वीरेन्द्रनगरमा १३ मनोनित

  |

सुर्खेत । नेपाल तरुणदल वीरेन्द्रनगर सुर्खेतले नगर कार्यसमिति विस्तार गरेको छ । समितिमा उपाध्यक्ष र सहसचिव सहित १३ जना सदस्य मनोनित गरिएको हो ।

समितिको उपाध्यक्षमा गणेश गुरुङ, सह–सचिवमा चिरञ्जिवी गिरी छन् । यस्तै सदस्यहरुमा दिपेन्द्र श्रेष्ट, सम्राट गौतम, पवन श्रेष्ठ, रमेश खत्री, धिरज गुरूङ, उमा सिंह, श्याम गुरूङ, बिवश शाही, हिक्मत चन्द, कमल बिष्ट र सुरेन्द्र मल्ल रहेको तरुणदल सुर्खेतले जनाएको छ ।

तरुणदल वीरेन्द्रनगरका अध्यक्ष यज्ञकुमार गिरीले मनोनित भएका तरुणहरुलाई तरूणदलको विधिविधान, सिद्धान्त र आदर्शमा रहि सांगठनिक गतिबिधि संचालन गर्न निर्देशन दिए । तरुणदल सुर्खेतका अध्यक्ष हरि विष्टले मनोनित भएका सबैको कार्यकाल सफलताको शभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मितिः शनिबार, कार्तिक ३०, २०७६     2:09:31 PM
error: Content is protected !!