☰ open Loading... 16 November 2024|  

आश्रममा मन्त्री केसीको ४१ औं जन्मोत्सव
  | २ मंसिर २०७६, सोमबार १९:२७

सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले आश्रममा जन्मदिन मनाउनु भएको छ । वीरेन्द्रनगर–१२ नेवारेमा रहेको मानव सेवा आश्रममा मन्त्री केसीले ४१ औं जन्मदिन मनाउनु भएको हो ।

आश्रममा आश्रित व्यक्तिहरुलाई मन्त्री केसीले फलफुल र खाद्यन्न वितरण गर्नुभयो । अरुलाई सहयोग गर्नुपर्छ भन्ने भावना आफूमा रहेकाले जन्मदिन आश्रममा आएर दिनदुखीसंग मनाएको मन्त्री केसीले बताउनुभयो ।

मानव सेवामा सर्मपित हुन अरुलाई प्रेरणा मिल्ने भएकाले आश्रमका अशाय, अशक्तसंग जन्मदिन मनाएको केसीले उल्लेख गर्नुभयो । आश्रमका प्रदेश संयोजक सिर्जना वलीले आश्रममा हाल ४७ जना आश्रित रहेको जानकारी दिनुभयो ।

उहाँले ०८२ सालसम्म शारिरीक तथा मानसिक रुपमा अस्वस्थ भएका घरवाहरविहिन, बेसहारा, सहयोगापेक्षी मानवहरुरहित राष्ट्र निर्माण गर्ने तयारी गरिएको बताउनुभयो ।

सडक मानवरहित बनाउन लौरी सडक नाटक प्रदर्शन गरिरहेको उल्लेख गनुभएको वलीले आश्रममा पूर्वाधारको काम अघि बढाउने तयारी गरेको बताउनुभयो । हालसम्म आश्रममा आएका १८ जनालाई सन्चो बनाएर परिवारको सहयोगमा परिवारको पुनर्मिलन गराएको पनि वलीकोे भनाई छ ।