☰ open Loading... 29 September 2025|  

चिसो बढेसँगै सीमाको प्रहरी चौकी सारियो
  | ३ मंसिर २०७६, मंगलवार १२:०७

मुगु : जिल्लाको पूर्वी किनारामा पर्ने मुगुमकामारोङ्ग गाउँपालिका २ मुगु गाउँमा रहेको सीमा प्रहरीचौकी सारिएको वेँसीमा राखिएको छ। सीमा सुरक्षाका लागि राखिएको प्रहरीचौकी चिसो बढेसँगै बेँसी पुलु र सदरमुकाम गमगढीमा सारिएको हो। नेपाल र चीनको सीमा नाकाबाट अबैध व्यापार आयात निर्यात नहोस् भन्ने उद्देश्यले राखिएको सीमा प्रहरीचौकी चिसो अध्याधिक बढेकाले मुगुमकामारोङ्ग गाउँपालिका ६ पुलुमा सारिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

बेँसी झरेका प्रहरी आगामी गर्मी सिजनमा यार्सागुम्बा टिप्ने समय बैशाख-जेठमा माथि लेकमा जाने र चिसोको समय कार्तिक अन्तिमतिर पुलु प्रहरी चौकी सदरमुकाम गमगढी झर्ने गर्दछन्।   मुगुमकामारोङ्ग गाउँपालिको माथिल्लो क्षेत्रमा अत्यन्तै कठ्याङ्ग्रिने चिसो हुने भएकाले बिभिन्न समस्याका कारण प्रहरी चिसोमा ६ महिना बेँसी झार्ने र गर्मीमा ६ महिना माथितिर जाने गरेका जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए।

उनकाअनुसार विभिन्न सेवा सुविधाहरू नभएको त्यस क्षेत्रमा हिउँदको समयमा चौकी राख्न निकै समस्या रहेको साहको भनाई छ। यसैबीच चिसोका कारण करान भेगका माथिल्लो क्षेत्रका स्थानीय बेँसी झर्न शुरु गरेका छन्।

चिसो अध्याधिक हुने भएकाले मुगुमकामरोग गाउँपालिकाको माथिल्लो भेगका मुगु, डोल्फ, चिताई, खारी लगायतका बस्तीका स्थानीय चिसो सिजनमा बेँसीतिर झर्ने शुरु गरेका छन्।

मौसमी बसाइँ-सराई अनुसार माथिल्लो क्षेत्रमा बाक्लो हिमपात हुने भएकाले पशु-चौपायका साथ स्थानीय बेँसी, पुलु ढुंग्रेधारालगायत तातो हुने स्थानमा झर्न शुरु गरेका छन् भने हुनेखाने सदरमुकमा गमगढी, जुम्ला नेपालगञ्ज, काठमाडौंसम्म बसाइँ सराई सर्ने गर्दछन्।