☰ open Loading... 17 November 2024|  

कृषि र विपदबारे छलफल
  | ६ मंसिर २०७६, शुक्रबार १७:३५

सुर्खेत । सार्वजनिक सेवा निगरानीका साझा सूचकमा शुक्रबार छलफल गरिएको छ । सुन्दर नेपालको आयोजनामा उक्त छलफल गरिएको हो ।


छलफल कार्यक्रममा कृषि र विपद् व्यवस्थापनका विषयमा सहभागीले छलफल गरेका थिए । कार्यक्रममा सहभागी नागरिक समाजका पीताम्बर ढकालले जनतामा कृषि र विपद्सम्बन्धी धेरै अपेक्षा भएको र सोहीअनुसार पूरा नभएको बताए ।

सरकार र कर्मचारीको लापरबाहीका कारण जनताका अपेक्षा पूरा हुन नसकेको भन्दै उनले परनिर्भरभन्दा आत्मनिर्भरतिर लाग्नु पर्ने बताए । त्यस्तै सुन्दर नेपालका कार्यकारी निर्देशक भूपेन्द्रप्रसाद कँडेलले स्थानीय तहले बनाएका नीतिको निगरानी गर्न आवश्यक भएको बताए । उक्त नीति कार्यान्वयन गर्न र प्रभावकारीता गराउन नागरिकको निगरानी आवश्यक भएको उनको भनाइ छ ।

किसान परियोजनाकी एरिया कोर्नेटर लक्ष्मी तिवारीले कृषिमा राहत कोष आवश्यक रहेको बताइन् । विपद्को समयमा किसानले लगाएको ठूलो बालीमा क्ष्यति पुग्ने र राहत नपाउँदा लगानी खेर जाने हुँदा कृषिमा राहत कोष आवश्यक हुने उनको भनाइ छ ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष घनश्याम केसीले विपद् आउनुभन्दा पहिला नागरिक सचेत हुनुपर्ने बताए । कार्यक्रममा कृषि र विपद्को क्षेत्रमा काम संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।