☰ open Loading... 12 December 2019|   बिहिबार, मंसिर २६, २०७६

नक्कली प्रहरी बनेर मोटरसाइकल चोर्ने पक्राउ

  |

सुर्खेत । नक्कली प्रहरी बनेर मोटरसाइकल चोरीमा संलग्न एक युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दैलेखको चामुण्डाविन्द्रासैनी–६ का २२ वर्षीय प्रशान्त शाहीलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।

प्रहरीले उहाँको साथबाट भे ९ प ८९६९ नम्बरको मोटरसाइकल बरामद गरेको छ । शाहीले मङ्सिर १ गते प्रदेश अस्पताल कालागाउँमा पार्किङ गरिएको कर्णाली प्रदेश ३–०२, ०१० प ९४४० नम्बरको पल्सर मोटरसाइकल चोरी गरेको खुल्न आएको छ ।

प्रहरी चेकजाँच क्रममा बुधबार सुर्खेत– जुम्ला सडक खण्डमा उक्त मोटरसाइकलको इन्जिन र च्यासिस नम्बर मिल्न गएको हुँदा प्रहरीले शाहीलाई नियन्त्रणको हो ।

जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले ती युवाको साथबाट प्रहरीको युनिफर्म सहितको २ प्रति फोटो र नेपाल प्रहरी जवान पदको परिचयपत्र फेला पारेको जानकारी दिनुभयो ।

“चोरीको मोटरसाइकल, प्रहरीको परिचयपत्र बरामद गरेका छौं,” उहाँले भन्नुभयो, “अनुसन्धानका क्रममा प्रहरीको परिचयपत्र नक्कली रहेको खुलेको छ ।”

प्रकाशित मितिः शुक्रबार, मंसिर ६, २०७६     6:12:01 PM
error: Content is protected !!