सुर्खेत । नेपाली सेनाको उत्तरपश्चिम पृतना हेडक्वार्टरले मानव सेवा आश्रममा न्यानो कपडा वितरण गरेको छ । वीरेन्द्रनगर–१२ नेवारेमा रहेको आश्रममा हेडक्वार्टरका पृतनापति सरोजप्रताप राणाले न्यानो कपडा वितरण गरेका हुन् ।
आश्रमका कर्णाली प्रदेश संयोजक सिर्जना वलीले चिसो बढेसंगै सेनालाई न्यायो कपडा सहयोग गर्न अपिल गरेकी थिइन् । हेडक्वार्टरले आश्रमकै आग्रहमा ४२ थान बल्याङ्केट र ४२ थान टोपी हस्तान्तरण गरेको छ ।
‘तत्कालका लागि न्यायो कपडा आवश्यक भएकाले हामीले बल्याङ्केट र टोपी सहयोग गरेका हौं’ पृतनापति राणाले भने, ‘सेनाले मात्रै नभई परोपकारी काममा सबैले सक्दो सहयोग गर्न अपिल गर्दछु ।’
सेनाले आश्रमका आश्रितलाई स्वास्थ्य शिविरदेखी न्यायो कपडा वितरण गर्दै आएको राणाले बताए । आश्रममा रहेका व्यक्तिहरुलाई घर सजावटका सामग्री तथा धुपवत्ती उत्पादन गर्न कच्चा पदार्थ समेत दिँदै आएको छ ।
राणाले आश्रमले गरेको काम उदाहरणिय भएको बताए । मागेर दैनिकी गुजार्ने सडक मानवलाई उद्धार गरेर आश्रममै सेवा गर्नु प्रेरणादायि कार्य भएको उल्लेख गरे । आश्रममा हाल ४६ जना व्यक्ति आश्रित छन् ।