☰ open Loading... 17 November 2024|  

अब प्रदेश अस्पतालबाट बिरामी रिफर गर्न पर्दैन : रावत
  | ८ मंसिर २०७६, आईतवार १९:२७

 सुर्खेत । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले प्रदेश अस्पताल सुर्खेतलाइ सुविधा सम्पन्न बनाउने बताएका छन् । अन्य प्रदेश भन्दा पछाडि परेको प्रदेशका नागरिकहरुले स्वास्थ्य क्षेत्रमा धेरै समस्या भोगेका उदाहरणहरु देखे भोगेका कारण पनि प्रदेश अस्पताललाई सुविधा सम्पन्न गर्न आवश्यक रहेको रावतले बताए ।

‘हामी यसरी सुविधा सम्पन्न बनाउँ यो अस्पतालमा आएका बिरामीहरु अन्य ठाउँमा रेफर गर्न नपर्ने गरी मैंले योजना बनाएको छु ।’ मन्त्री रावतले भने, तपाइँहरुका हरेक समस्या आफ्नै दाजु, भाई सम्झेर समस्या राख्नुहोस । मन्त्री हुँदाको दोस्रो दिनमैं प्रदेश अस्पतालका लागि दुई सल्यचिकित्सक पठाउने निर्णय समेत गरेको जानकारी दिए ।

हालसम्म स्वास्थ्य लगायत समग्र विकासमा पछाडी परेको ठाउँहरुमा आफुले तत्काल देखिने गरी काम गर्ने बताउँदै स्वास्थ्य क्षेत्रमा देखिएका थुप्रै समस्याहरुलाई समाधान गरिने बताए । आम नागरिकमा सर्वसुलभ स्वास्थ्य सुविधा पु¥याउनका लागि आफुले सोही अनुसारको जिम्मेवारीमा रहेका बेला समस्या समाधान गरिने प्रतिवद्धता जनाए ।

‘सरकारले यसअघि घोषणा गरेका स्वास्थ्य सम्बन्धिका थुप्रै कार्यक्रमहरु जनताले सहजरुपमा प्राप्त गर्न सकेका छैनन् ।’ रावतले भने, मेरो कार्यकालको सुरुवात देखि अन्त्य सम्ममा तीनै स्वास्थ्य सेवाको व्यवस्थापन गरिने बताए । सरकारले निशुल्क औषधी देखि विभिन्न रोगको उपचारमा सहुलीयत दिने निर्णय गरेपनि ती सेवा नागरिकले सहजै नपाउन्दा समस्या भएको मन्त्री रावतले बताए ।