☰ open Loading... 31 March 2020|   मङ्लबार, चैत्र १८, २०७६

स्वर्णका लागि फुटबलमा नेपाल भुटानसँग भिड्दै

  |

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको फाइनल खेल आज (मंगलबार) हुँदैछ । दशरथ रंगशालमा नेपालले स्वर्णका लागि भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

दुबै टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः०० बजे सुरु हुनेछ । आजको खेलमा मैदान उत्रँदा नेपाल साग इतिहासमा फुटबलतर्फ तेस्रो स्वर्ण जित्ने योजनामा हुनेछ । नेपालले यसअघि सन् १९९३ मा फुटबलतर्फ स्वर्ण जितेको थियो । त्यसपछि सन् २०१६ मा भारतको गुहाटीमा भएको फाइनलमा नेपालले घरेलु टोलीलाई हराउँदै उपाधि उचालेको थियो ।

नेपाल सागको साविक विजेता भएका नाताले पनि उसलाई आजको खेल जित्नैपर्ने दबाब छ । यता साग इतिहासमा पहिलो पटक फाइनमा पुगेको भुटान नेपाललाई हराउँदै ऐतिहासिक स्वर्ण जित्ने योजनामा छ । यसअघि समूह चरणमा भुटानसँग भएको खेमला नेपाल ४–० गोलले विजयी भएको थियो । नेपाल प्रतियोगितामा अपराजित टोली हो । उता भुटान नेपालसँग बाहेक सबै खेलमा जित निकालेको छ ।

नेपाल लगातार दोस्रो पटक सागको पुरुष फुटबलमा फाइनलमा प्रवेश गरेको हो ।

प्रकाशित मितिः मङ्लबार, मंसिर २४, २०७६     10:46:08 AM
error: Content is protected !!