☰ open Loading... 25 February 2025|  

विद्यार्थी लक्षित एकदिने अनुशिक्षण
  | २५ मंसिर २०७६, बुधबार १९:००

सुर्खेत । विद्यार्थीहरुलाई लक्षित गरि नेपल राष्ट्रिय माध्यामिक विद्यालयमा एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त विद्यालयका पूर्व विद्यार्थीहरुले कक्षा दशमा अध्यनरत विद्यार्थिहरुलाई लक्षित उक्त अनुशिक्षण कार्यक्रम गरेका हुन ।

कार्यक्रम्मा एसइइ पछि के बन्ने र कस्तो विषय लिएर पढने लगाएको बारेमा जानकारी दिनुका साथै पछिल्लो समय अत्यादिक मात्रामा प्रयोग गरिने सामाजिक सञ्जाको सही प्रयोगका बारेमा पनि जानकारि दिईएको थियो ।

कार्यक्रम्मा बोल्दै पुर्व विद्यार्थी दिपा खड्काले आफुले कक्षा दश सम्मा उक्त विद्यालयमा पढेको र आज आफुहरु जुन स्थानमा भएपनि यही विद्यालयको देन भएको भन्दै पूर्व विद्यार्थी एकता समाजमार्फत उक्त विद्यालयमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

त्यस्तै अर्का पुर्व विद्यार्थी निम बुढाले आफुले वाल्यकालमा पढेको विद्यालयका लागी केही गर्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढिरहेको भन्दै आगामी दिनमा विभिन्न उक्त विद्यालयमा क्रियाकलाप गरिनुका साथै गरिव तथा जेहेन्दार विद्यार्थीको छात्रबृतिका लागी अक्षकोष समेत सञ्चालन गपिरने बताउनभुयो ।

कार्यक्रम्मा बोल्दै विद्यालयका शिक्षक मातृभूषण कोईरालाले आफुले पढाका विद्यार्थीहरुले विभिन्न क्षेत्रमा सफलता हाँसिल गरेको प्रति खुसी व्यक्त गर्दै एसरी आफु पढेको विद्यालयका लागी केही गर्न खोज्ने विद्यालयका लागी गौरवको विषय भएको बताउनुभयो ।

कार्यक्रम्मा पूर्व विद्यार्थीहरु दिपा खड्काले एसइइ पछि के पढने बारेमा आफनो प्रस्तुति राख्नु भएको थियो भने निम बुढाले सामाजिक सञ्जालको सही प्रयोगका बारेमा प्रस्तुति दिनुभएको थियो । त्यस्तै अर्का पुर्व विद्यार्थी खिम बुढाले पत्रकारिताको महत्व, पत्रकारिता क्षेत्रका अवसर बारे जानकारि दिनुभयो ।