| २६ मंसिर २०७६, बिहीबार ११:३०
हुम्ला । नाम्खा गाउँपालिका–५ को तुम्कोट भिरमा ट्रिप्पर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।
हिल्साबाट इन्धन र दैनिक उपभोग्य सामान लिएर तुमकोट तर्फ आउँदै गरेको बा ५ ख ५३४४ नम्बरको टिप्पर दुर्घटना भएको हो ।
चालक सहित ट्रिपरमा सवार चार जनामध्ये दुई जनाको घटनास्थलमा मृत्यु भएको छ भने अन्य दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख राजेन्द्रबहादुर सिंहले जानकारी दिए । उनका अनुसार प्रहरी घटनास्थलमा पुगेको छ र उद्धार प्रयास भइरहेको भएपनि बिहानैदेखि हिउँ परेकाले उद्धारमा केही कठिनाई भएको छ । दुर्घटनामा मृत्यु हुने र घाइतेको को पहिचान हुन सकेको छैन् ।