सुर्खेत । सिद्धार्थ बहुउदेश्यीय सहकारी संस्थाको नयाँ नेतृत्व चयन गरिएको छ । संस्थाको १८ औं साधारण सभाले टोपबहादुर टंलामी मगरको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा बीमा थापा मगर, सचिवमा डिलबहादुर पुलामी मगर र कोषाध्यक्षमा धनबहादुर सलामी मगर छन् । यस्तै, सदस्यमा डम्मर गरञ्जा, अनिता थापामगर, देउकली थापा, रुद्र बाकावाल मगर, दिलकुमारी रखाल लगायत छन् ।
लेखा समितिको संयोजकमा मिनबहादुर गरञ्जा र सदस्यमा नरेन्द्रबहादुर थापा र खगिसरा गुरुङ छन् ।
यसैविच, संस्थाको उद्घाटन सत्रमा कोषाध्यक्ष डिलबहादुर पुलामी मगरले वार्षिक आर्थिक प्रतिवेदन सार्वजनिक गरेका थिए ।
संस्थाले आर्थिक वर्ष ०७४।०७५ मा एक अर्ब, ५६ करोड तीन लाख ६ हजार ७७३ रुपैयाँको कारोवार गरेकोमा गत वर्ष दुई अर्ब ६ करोड ८० लाख ५० हजार ९७९ कारोबार भएको मगरले जानकारी दिए ।
यस्तैे संस्थाको कुल आम्दानी १० करोड ४७ लाख ६५ हजार ४५५८, खर्च आठ करोड ९२२ लाख ९० हजार ५६७, खुद नाफा एक करोड ५४ लाख ७४ हजार ८९१, वासलात ७० करोड १६ लाख ३४ हजार ७७५ र शेयर पूँजी ४ करोड २७७ लाख १५ हजार रहेको मगरले बताए ।
उनकाअनुसार संस्थाको जगेडा कोष एक करोड १० लाख १८ हजार ६९, अन्य कोष एक करोड १० लाख ६७ हजार २०१, कर्जा जोखिम कोष ५७ लाख ५७ हजार २२६, बचत÷निक्षेप ३६ करोड ९८ लाख ३२ हजार ११९ छ ।
संस्थाको गतवर्षभन्दा शेयर पूँजी १६.०९, बचत २.९१ र ऋण्ण लगानी २४.३२ प्रतिशत छ । संस्थाले मासिक, आवधिक, ऐच्छिक, दैनिक र कोपिला बचत गर्दै आएको छ भने कृषि, व्यापारिक, शैक्षिक, बैदेशिक, घरजग्गा, सवारी साधान, युवा स्वरोजगार लगायतमा ऋण लगानी गर्दै आएको जनाएको छ ।