☰ open Loading... 16 November 2024|  

मंगलबार अष्ट्रेलियामा इतिहासकै तातो दिन, संकटकालको घोषणा
  | ६ पुष २०७६, आईतवार ११:१५

एजेन्सी। अष्ट्रेलियाको न्यू साउथ वेल्समा संकटकालको घोषणा गरिएको छ । डढेलोका कारण त्यहाँको तापक्रम थप बढ्ने सक्ने भन्दै संकटकालको घोषणा गरिएको हो ।

अष्ट्रेलियाको औसत उच्चतम तापक्रम ४०.९ डिग्री सेल्सियस पुगेपछि मंगलबार इतिहासकै सबैभन्दा तातो दिन बनेको मौसमविद्हरुले बताएका छन् । मौसम विभागले मंगलबारको तापक्रम यसअघि सन् २०१३ को जनवरी ७ मा मापन गरिएको ४०.३ डिग्री सेल्सियसभन्दा बढी भएको बताएका छन् ।

तर मौसमविद्ले यो रेकर्ड पनि बिहिबार र अर्को हप्ताको अन्तिमसम्म तोडिने अनुमान गरेका छन् । न्यू साउथ वेल्स अहिले सयभन्दा बढी डढेलोसँग संघर्षरत छ जुन केही महिनादेखि संकटको रुपमा उभिएको छ ।

बिहिबार न्यू साउथ वेल्स राज्यका प्रमुख ग्ल्याडिस बेरेजिक्लियानले मौसमविदको चेतावनीपछि सात दिनका लागि संकटकालको घोषणा गरेकी छिन् । ‘अबका केही दिन अनिश्चित छन् । यो अवधिमा अत्यधिक गर्मी र हावाको स्थितीमा पनि परिवर्तन आउन सक्छ,’ उनले भनिन् ।

सिड्नी राजधानी भएको न्यू साउथ वेल्स ‘एनएसडब्ल्यू’ का केही भूभागमा बिहिबारको तापक्रम ४० को हाराहारीमा हुने अनुमान गरिएको छ । एनएसडब्ल्यूमा पछिल्लो एक महिनामा संकटकालको घोषणा गरिएको यो दोस्रो पटक हो ।