दैलेख, सामाजिक विकास मन्त्रालयले राउटेका लागि दिएको खाद्यान्न बेचेका छन् । उनीहरुले बस्तीमा वितरण गरिएको दाल बाहिर सस्तो दरमा बेचेका हुन् ।
राउटे बस्ती रहेका ठाउँदेखी नजिक रहेको वुबैराखे बजारका स्थानीयलाई बेचेको छन् । गाउँपालिकाले राउटे हेर्नका लागि आउनेलाई टिकट काट्न राखेको कर्मचारी नगेन्द्र योगीले आफुसंगै दाल किन्ने स्थानीयहरुलाई बस्तीमै लगेको नाम नछाप्ने शर्तमा स्थानीयले बताए । बेच्न हुँदैन् भनेर राउटेलाई सम्झाउन छाडेर कर्मचारीले नै किन्ने मान्छे लगेको आरोप स्थानीयले लगाए । राउटे मुखिया विरबहादुर शाहीले दाल बाहिर विक्रि भएको बताए । राउटे यूवाहरु दिपक, कमल शाहीले दाल विक्रि गरेका हुन् । बस्तीमा २५ किलो मासको दाल र २५ किलो मसुराको दाल मन्त्रालयबाट मंसिर २७ गते दिईएको थियो । दालसंगै उनीहरुलाई चामल, नुन र तेल समेत दिईएको थियो । उनीहरुलाई हेरचाह गर्ने कर्मचारीहरु छन् । तर, पनि त्यहाँ वितरण गरिने सामानहरु प्रयोग नगरेर स्थानीयहरुलाई सस्तोमा विक्रि गर्दै आएका छन् । राउटे बस्तीमा थुप्रै सामानहरु वितरण गरिदै आएको छ ।
| ६ पुष २०७६, आईतवार ११:१६