आइतबार विहान ६ बजे जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी श्यामवाबु आेलियालाई प्रदेश प्रहरी कार्यालय सुर्खेतका डिआईजी पूर्णचन्द्र जोशीले घटनाबारे जानकारी गराए । ‘ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही अपहरण परेकाले सर्च अभियानलाई तिव्रता दिनु’ भन्ने निर्देशन डिआईजी जोशीले दिए ।
लगत्तै दैलेखका डीएसपी हरिबहादुर ओलीले अध्यक्ष शाही अपहरण परेको ठाउँदेखी उनलाई लिएको भूगोलको जानकारी गराए । विप्लव माओवादीको पकड क्षेत्र मानिने कालिकोटतर्फ नै शाहीलाई लगेको निक्र्यौल प्रहरीले गरिसकेको थियो ।
दैलेख प्रहरीले राकमकर्णाली, ठाटीकाँध र जिल्लाबाट थप प्रहरी घटनास्थलतर्फ परिचालन गरिसकेको थियो । तर सबैभन्दा जोखिम क्षेत्र दैलेख र कालिकोट सीमाना मानिन्छ । भिरालो जमिन र जंगल क्षेत्र भएकाले दैलेखबाट परिचालन भएको टोली त्यसतर्फ तत्कालै पुग्न सहज थिएन् ।
कालिकोटतर्फ गइरहेको भरपर्दो सूचना प्रहरीसंग थियो । दैलेखभन्दा सबैभन्दा छिटो प्रहरी परिचालन कालिकोटबाट गर्नुपर्नेस्थिति देखियो । कोलिकोटका डीएसपी अाेलियाले तत्कालै बाजुरा तथा अछाम जाने दहीखोला, कालेखोला, जुम्ला र जाजरकोट सिमाना सील गरे ।
प्रहरीलाई हाइअलर्टमा रहन निर्देशन दिएका आेलियाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको अर्को टोली शुभकालिका वडा नम्बर १ मा पर्ने छात्ती जंगलतर्फ लाग्यो । यो कालिकोट र दैलेख जिल्लासंग सिमाना जोडिएको क्षेत्र हो ।
प्रहरीलाई त्यहाँ पुग्न झण्डै ६ घण्टा लाग्यो । अछामतर्फ अछामबाट खटिएको प्रहरीले निगरानी राखेकै थियो । कालिकोटको भूगोलबारे स्पष्ट जानकार भएका डिएसपी आलियाले छात्ती जंगलतर्फ नै पुगेको हुनसक्ने आंकलन गरिसकेकाे थियाे ।
दही खोला, काले खोला र गगने खोलाको माथिको भिरबाट केही महिना अघि विप्लव माओवादीका कार्यकर्ताले प्रहरीलाई लक्षित गर्दै ढुंगामुडा गरेका थिए । सिधै भिरालो उक्लिनुभन्दा प्रहरीले सुरक्षित बाटोबाट छात्ती जंगलतर्फ प्रस्थान ग¥यो ।
सशस्त्र र नेपाल प्रहरी गरी झण्डै ६० जनाको टोली तीन भागमा बाँडियो । किनकी एउटै बाटोबाट जाँदा असुरक्षित हुनभऐपछि छात्ती जंगललाई दुवै प्रहरीले तीनतर्फबाट घेरा हाले ।
भीरको खोचमा विप्लवका कार्यकर्ता र अपहरणमा परेका शाही हिड्ने तयारी गरिरहेका थिए । त्यहीँ बेला भिरतर्फबाट उक्लीरहेको प्रहरीलाई विप्लवका कार्यकर्ताले देखेपछि ढुंगामुडा हान्न थाले ।
अर्कोतर्फबाट गएको प्रहरीले फायर खोलेपछि विप्लवका कार्यकर्ता भागे । प्रहरीले दर्जनबढी हवाई फायर गरेपछि अपहरणमा परेका शाहीलाई छाडेर विप्लवका कार्यकर्ता भागे ।
प्रहरीले केही बेर उनीहरुको पिछा गरेपनि साँझको ६ः३० बजिसकेकाले अध्याराे भइसकेकाले खोज्न सकेन् । शाहीलाई करिव ६० जनाको प्रहरी टोलीले उद्दार गरेर सकशुल ठाउँमा पुगेकाे छ ।
‘भुगोलबारे जानकार हुनु र सर्च अभियानको कुशल नेतृत्व डिएसपी (आेलिया) सापले गरेकाले अपहरणमा पर्नु भएका अध्यक्ष ज्यू ! को सकुशल उद्धार गर्न सफल भयौं’ सर्च अभियानमा पुगेका एक प्रहरीले भने, ‘भौगोलिक विकट कालिकोटको हरेक वस्तुस्थिति उहाँलाई थाहा भएकाले आजको मिशन सफल भएको हो, उहाँकाे निर्देशन सफल हुनु भनेकै हामी सबै सफल हुनु हाे नि !’
(सर्च अभियानमा पुगेका एक प्रहरीसंग यस दैनिकका कार्यकारी सम्पादक सुशील खड्काले गरेकाे कुराकानीको आधारमा सम्पादित अंश ।)