☰ open Loading... 16 November 2024|  

पारिलो घाम लाग्दा पनि किन ओरालो लाग्यो सुर्खेतको तापक्रम ?
  | ९ पुष २०७६, बुधबार २०:५०

सुशील खड्का
सुर्खेत । कर्णाली प्रदेशको राजधानीको वीरेन्द्रनगरको तापक्रम क्रमिक रुपमा आेरालो लागेको छ । मंगलबार विहान ८ः४५ बजे ४.३ डिग्री तापक्रम रेकर्ड भएकोमा बुधबार भने घटेर २.२ डीग्री तापक्रम जल तथा मौसम फिल्ड कार्यालय एयरपोर्टले मापन गरेको छ । ०६९ साल पुस २९ गते सुर्खेतमा माइनस ०.७ डिग्री तापक्रम रेकर्ड भएको थियो ।

पारिलो घाम लागेपनि किन आरोलो लाग्यो तापक्रम ?

विनोद पराजुली, प्रमुख जल तथा मौसम विज्ञान कार्यालय सुर्खेत
जब आकाश सफा हुन्छ त्यो बेला जमिनबाट रातको समयमा बाहिरिने इमिसन क्रमश बायुमण्डलमा हराउँछ । पृथ्वीको तापक्रममा विस्तारै रिलिज हुन्छ । जुन बादल लागेको बेलामा ग्रिन हाउसको काम गर्छ तलको बादलभन्दामुनिको हावा तातो भइरराख्ने हुन्छ र त्यहीँ बादलले रोकिराख्छ ।

पृथ्वीको सतहले छोडेको तापक्रम दिनभरी सोस्छ र रातभरी छोड्छ । छाडेको तापक्रम बादल लागेको बेला छेकेर राख्छ र न्युनतम तापक्रम माथि भइराख्छ । जव खुला आकाशहुँदा इमिडेट रेडियन्स बायुमण्डलबाट बाहिरिँदा तापक्रम घट्छ ।

सोमबारदेखी सुर्खेतको तापक्रम घट्नुको मुख्य कारण आकाश सफा रहने वित्तिकै पृथ्वीबाट बाहिरिने तापक्रम सतह इमिड हुने तापक्रम बाहिरिदाँ सुर्खेतको तापक्रम घटेको हो । आज पनि आकाश सफा रहेकाले भोली पनि सुर्खेतको तापक्रम घट्ने सम्ने आँकलन गर्न सकिन्छ ।

कसरी बच्ने ?
तापक्रम घट्दो क्रममै छ । चिसो बढ्ने भएकाले विहान ५ बजेदेखी विहान ७ बजे घाम नलाग्दासम्म न्युनतम तापक्रम फेरबदल भइरहेको हुन्छ । साँझ ५ डिग्री रहेको तापक्रम विहान घट्दोक्रममा हुन्छ ।

आम नागरिकले विहानको समयमा घर बाहिर नजाँदा नै राम्रो हुन्छ । जानै परे न्यानो कपडा लगाएर निस्कन नागरिकलाई आग्रह गर्दछु । तापक्रम माघसम्म फेरवल भइराख्ने भएकाले उच्च सजकता अपनाउन आवश्यक छ ।