मिलन श्रेष्ठ ।
सुर्खेत, पुस । कर्णाली प्रदेश भौगोलिक विकटता भएता पनि वीमाको क्षेत्रमा यस प्रदेश अग्रस्थानमा रहेको कुरा एक कार्यक्रमका प्रमुख अथितीले बताउनु भएको छ । सबैको लागि सधैको लागि सुरक्षा भन्ने मुल नाराका साथ २०६४ सालमा स्थापना भएको वीमा कम्पनी एशियन लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड शाखा सुर्खेतले वीरेन्द्रनगमा शाखा अन्तर्गतका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्ने कार्यक्रममा उक्त कुरा भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवंम् एशियन लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले भौगोली बिकटताका भएता पनि कर्णाली प्रदेश वीमा क्षेत्रमा अगस्थानमा रहेको कुरामा जोड दिनु भयो, श्रेष्ठका अनुशार यस प्रदेशका जनतामात्र वीमा गर्नमा उत्साहित होईनन कि प्रदेश सरकारले पनि यस प्रदेशमा बसोवास गर्ने प्रत्येक जनताहरुको वीमा गरिदिएर उदाहरणिय कार्य गरेको छ । यसै गरी श्रेष्ठका अनुशारवीमाको इतिहासमा हाल सम्म कुनै पनि वीमा कम्पनीहरु घाटामा गएको एक वीमा कम्पनी संग अर्को वीमा कम्पनी मर्ज नभएको इतिहास नभएको बताउनु भयो । श्रेष्ठले वीमा क्षेत्रले नेपाल सरकारलाई ठुलो मद्धत गरेकोमा जोड दिनु भयो, उहांका अनुशार वीमा कम्पनीहरुले आर्थिक क्षेत्रमा सहयोग गर्नुका साथै लाखौं बेरोजगार नेपालीहरुलाई रोजगारीको सृजना गरी आर्थिक भारमा कम ल्यायो छ । यसै गरी कार्यकारी अधिकृत श्रेष्ठले अन्तरिक्रया कार्यक्रममा बोल्दै एशियन लाईफ इन्स्योरेन्स कम्पनीको उद्धेश्य वीमा गर्नु मात्र नभई समयमा नै वीमीतहरुको घर–आगनमा गई वीमा रकम भुक्तानी दिनु पनि हो ।
यस गरी कार्यक्रममा एशियन लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत एवंम् विशिष्ठ अतिथी होमबहादुर श्रेष्ठले अन्तरक्रियामा सहजीकरण गर्दे यस आर्थिक बर्षमा कम्पनीले २ अर्ब भन्दा बढिको व्यवसाय लक्ष्यका लागी नयां कार्य रणनिती सहित कम्पनी बजारमा आएको जानकारी दिनु भयो, श्रेष्ठले आफ्नो प्रस्तुतिकरणमा नेपाल अधिराज्य भरी एशियन लाईफ इन्स्योरेन्सका ८४ हजार भन्दा अभिकर्ता रहेका साथै हालै मात्र कम्पनीले अन्य वीमा कम्पनीहरुको भन्दा बढी १९ वटा उत्पादनहरु बजारमा ल्याईसकेकोले अब वीमितहरुको चाहाना बमोजिम र उहांहरुको इच्छा अनुशार रोजी–रोजी ढुक्क संग वीमा गर्न सकिने बताउनु भयो ।
यसै गरी कार्यक्रमका प्रमुख अतिथि एवंम् एशियन लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले भौगोली बिकटताका भएता पनि कर्णाली प्रदेश वीमा क्षेत्रमा अगस्थानमा रहेको कुरामा जोड दिनु भयो, श्रेष्ठका अनुशार यस प्रदेशका जनतामात्र वीमा गर्नमा उत्साहित होईनन कि प्रदेश सरकारले पनि यस प्रदेशमा बसोवास गर्ने प्रत्येक जनताहरुको वीमा गरिदिएर उदाहरणिय कार्य गरेको छ । यसै गरी श्रेष्ठका अनुशारवीमाको इतिहासमा हाल सम्म कुनै पनि वीमा कम्पनीहरु घाटामा गएको एक वीमा कम्पनी संग अर्को वीमा कम्पनी मर्ज नभएको इतिहास नभएको बताउनु भयो । श्रेष्ठले वीमा क्षेत्रले नेपाल सरकारलाई ठुलो मद्धत गरेकोमा जोड दिनु भयो, उहांका अनुशार वीमा कम्पनीहरुले आर्थिक क्षेत्रमा सहयोग गर्नुका साथै लाखौं बेरोजगार नेपालीहरुलाई रोजगारीको सृजना गरी आर्थिक भारमा कम ल्यायो छ । यसै गरी कार्यकारी अधिकृत श्रेष्ठले अन्तरिक्रया कार्यक्रममा बोल्दै एशियन लाईफ इन्स्योरेन्स कम्पनीको उद्धेश्य वीमा गर्नु मात्र नभई समयमा नै वीमीतहरुको घर–आगनमा गई वीमा रकम भुक्तानी दिनु पनि हो ।
कम्पनीका सहायक महाप्रवन्धक एवंम् कर्णाली प्रदेश प्रमुख बिजय पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथि सिनिएर बिजनेश म्यानेजर प्रवेशमान मानन्धर, हरिहर बस्नेत लगाएतको उपस्थित रहेको कार्यक्रममा कम्पनीका सहयक बिज्ञान ओझाले स्वागत मन्तव्य गर्नु भएको थियो भने बरिष्ठ सहायक निर्मला सुवेदी पाठकले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।
अभिकर्ता सम्मानित कार्यक्रममा कम्पनीका १० उत्कृष्ट बिजनेश म्यानेजरहरु प्रवेशमान मानन्धर, शिब प्रकाश आचार्य, केशबबहादुर शाही, कविराज कडेल र मिलन श्रेष्ठलाई सम्मानित गरेको थियो भने, आर्थिक बर्ष २०७६–२०७७ सालको त्रैमासिक रुपमा उत्कृष्ट व्यवसाय दिने मनिषा कौशल, लक्ष्मि कुमारी श्रेष्ठ, बिर्खबहादुर भण्डारी, गोबिन्दबहादुर बानिया, दुर्गा कुमारी थापा, शिलु मल्ल र सुशिला गिरी लाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा बिजनेश म्यानेजर अवार्डले कम्पनीका बिजनेश म्यानेजरहरु केशबबहादुर बराल, अभिषेक सोनी, कल्पनाकुमार थापा गौतम, कोकिला कुमारी विसी, युवराज पौडेल, कल्पना कार्की, जयन्ती सुबेदी, प्रेमबहादुर बस्नेत, कमला जिसी, यामबहादुर विसी, प्रनिता बिष्ट, ईश्वरप्रसाद आचार्य, सीताकुमारी शर्मा, यसैगरी गुड प्रफमेन्स अवार्ड बिजनेश म्यानेजरहरु डम्मरदेब अधिकारी, गोमा बस्नेत, पशुपती उपाध्याय, ताराकुमारी हमाल, उपेन्द्रप्रसाद गौतम, लोकजंग रोकाय, पदमाकुमारी थापा र झलककुमारी शाहीलाई सम्मान गरिएको थियो ।यसै गरी गत आर्थिक बर्षमा रु २५ लाख भन्दा बढी व्यवसाय दिने बिजनेश म्यानेजरहरु सीता कडेंल, जयबहादुर मल्ल, प्रवेश आचार्य, शुभाष श्रेष्ठ, सम्राट गौतम, कोपिला थापा घर्ति, गोबिन्द्रबहादुर बानिया, कमलाकुमारी थापा, खड्कबहादुर चन्द र लक्ष्मिप्रसाद जैशी सम्मान गरिएको थियो । कार्यक्रमकै अवसरमा डिस्ट्रीक क्लब मेम्बरहरु धर्मकुमारी गौतम, देबकुमारी झाक्री, सुरेशकुमार विसी, शिवराज थापा, गोपाल गौतम, चित्रबहादुर खत्री, केशबप्रसाद अधिकारी, रत्नप्रसाद आचार्य, दिपकबहादुर कार्कि, हरिमाया कार्कि जिसी, शान्तिप्रसाद जैशी, गीता कवर, टिका अधिकारी लगाएतलाई सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।