☰ open Loading... 27 February 2025|  

हिँड्दाहिँड्दै यसरी लडे मोदी (भिडियो)
  | १० पुष २०७६, बिहीबार ०८:२५

नयाँ दिल्ली (एजेन्सी)। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हिँड्दाहिँड्दै लडेका छन्। उनी कानपुरको अटलघाटमा सिँढी चढ्ने क्रममा लडेका हुन्। फटाफट सिँढी उक्लिरहेका बेला एउटा खुड्किला छुटेपछि मोदी लडेका हुन्। उनलाई कुनै चोट नलागेको भारतीय संचारमाध्यामले जनाएका छन्। उनी लड्ने वित्तिकै उनको अघिपछि रहेका सुरक्षा गार्डले उनलाई उठाएका थिए। यस पछि, उनी सवाधानीपूर्वक सिंढीमा चढेर घाटमा पुगे । उक्त सिंढीमा प्रधानमन्त्री मोदी मात्रै लडेका भने होइनन् ।

पछिल्लो समय निरीक्षण गर्न आएका आधा दर्जन अधिकारीहरु सोही सिंढीमा लडेका थिए ।यसबारे प्रशासनले शुक्रबार राति छलफल समेत गरेको थियो । कमिश्नर सुधीर एम बोबडेले शुक्रबार राति नै एसपीजीलाई अटल घाटमा रहेको एउटा खुड्किलो अग्लो रहेको जानकारी गराइएको थियो । तर पनि उनी त्यही सिंढीमा चिप्लिन पुगेका हुन् ।नमामी गंगे परियोजना अन्तर्गत गंगा नदीको सफाई अभियानको निरीक्षणका लागि प्रधानमन्त्री मोदी अटलघाट पुगेका हुन्।