☰ open Loading... 5 June 2020|   शनिबार, जेष्ठ २४, २०७७

बाघको आक्रमणबाट मृत्यु

  |

सुर्खेत । सुर्खेतमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बराहताल गाउँपालिका–३ लेखगाउँका ४५ वर्षीया चन्द्र्र नेपालीको सोमबार बाघको आक्रमणबाट मृत्यु भएको हो ।

घर नजिकै बारीमा घाँस काट्न भएका नेपालीलाई विहान साढे ९ बजेतिर बाघले आक्रमण गरेको थियो । बाघले आक्रमण गर्दा नेपालीको घटनास्थलमै मृत्यु भएको स्थानीय जयराम बोगटीले जानकारी दिए ।

आक्रमण लगत्तै उद्धारका लागि स्थानीयहरु पुगेपनि नेपालीको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थल बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले निकुञ्जबाट आएको बाघले आक्रमण गरेको स्थानीयको भनाई छ ।

प्रकाशित मितिः सोमवार, पुस १४, २०७६     5:12:26 PM
error: Content is protected !!