☰ open Loading... 26 February 2025|  

आनाको फिल्म कहिले ?
  | २६ पुष २०७६, शनिबार १२:१३

आना शर्माले पहिलो फिल्मबाटै राम्रो फ्यान फलोइङ कमाएकी थिइन्। अनमोल केसीको अपोजिटमा ‘जेरी’बाट डेब्यू गरेकी उनलाई धेरैले अरबी घोडा मानेका थिए। तर, आनाले भने रेस कोर्स नै छाड्ने संकेत गरेकी छिन्।

‘जेरी’ पछि ‘ग्याङस्टर ब्लुज’मा देखिएकी आना गत साल अंग्रेजी फिल्म ‘द म्यान फ्रम काठमान्डू’मा देखिएकी थिइन्। अंग्रेजी भाषामा बनाइएको यो फिल्मलाई नेपालीमा डब गरी हलमा चलाइएको थियो। फिल्मयता आनाले नयाँ फिल्म साइन गरेको जानकारी छैन। उनले फिल्मको अफर लिएर जाने निर्माता–निर्देशकलाई पढाइको बहाना बनाउने गरेकी छिन्।

तर, सुन्नमा आएअनुसार उनी ब्वाइफ्रेन्ड सोनम छिरिङ शेर्पाका कारण पनि फिल्ममा अभिनय गर्न इच्छुक छैनन्। सोनमले उनलाई फिल्म खेल्न बन्देज नै नलगाए पनि फिल्म खेल्न खासै प्रेरित गर्ने गरेका छैनन्। आना विगत तीन वर्षदेखि सोनमसँग डेट गरिरहेकी छिन्। कुरा बुझ्दै जाँदा, फ्यानले आनालाई फिल्ममा देख्ने सम्भावना कमै छ।