☰ open Loading... 26 February 2025|  

मध्य र पूर्वी पहाडी भूभागमा मौसम आंशिक बदली रहने
  | २६ पुष २०७६, शनिबार १२:२०

शनिबार दिउँसो मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका हनुसार बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति देशका पश्चिमी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सफा रहने महाशाखाले जानकारी दिएको छ।
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाको भनाइ छ।

महाशाखाका अनुसार हाल देशको तराई भूभागमा कुहिरोरहुस्सु लागेको छ भने अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको र अधिकतम तापक्रम १५.७ डिग्री सेल्सियस रहने विभागले जनाएको छ।