सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पञ्चपुरी नगर कमिटीले कार्यक्षेत्र विभाजनसंगै विभिन्न कमिटीहरु गठन गरेको छ । कमिटीको पहिलो चरणको संगठनात्मक अभियानले कार्यक्षेत्र विभाजनको ढुंगो सोमबार लगाएको हो ।
नगर सचिवालयको प्रथम बैठकले साविकका पाँच गा.वि.स.लाई आधार बनाउँदै कार्यालय टिमका पाँच जनालाई संयोजन गर्ने कार्यक्षेत्र विभाजन गरेको नेकपा पञ्चपुरी कमिटीका सचिव केशव शाहीले जानकारी दिए ।
उनकाअनुसार साविक बावियाचौरको जिम्मेवारीमा मनबहादुर वि.क., सालकोटमा केशव शाही, विद्यापुरमा भिमबहादुर रावत, तातापानीमा पारस बिष्ट र छाप्रेमा शान्तिराज खराल छन् ।
पुस २५ गतेको टोल कमिटीहरु गठन गर्ने योजनाअनुसार आज पूर्णता दिएको शाहीको भनाई छ । ‘झण्डै दुई वर्षमा कमिटीविहिनताको तरलता र संक्रमणकालिन अवस्थाको अन्त्य भएको छ’ सचिव शाहीले भने, ‘कमिटीको पूर्णताले नेता कार्यक्रताहरुमा अभूतपूर्व एकता, आत्मविश्वास र उच्च मनोबलसहितको गतिशीलता पैदा गरेको छ ।’
पञ्चपुरीमा नेकपाले सञ्चालन गरेको अभियानका क्रममा ११ वडा कमिटी र ४६ टोल कमिटीहरुको गठन गरिएको छ । अभियानका क्रममा एकहजार २०७ जना नेता कार्यक्रताहरु संगठित भएको शाहीको भनाई छ ।
६१ वटा केन्द्रित औपचारिक कार्यक्रमहरु, झण्डै तीनहजार नेता कार्यकर्ता, समर्थकसंग र जनताहरुसंग प्रत्यक्ष भेटघाट छलफल गरिएको शाहीले जनाए ।