सुशील खड्का
सुर्खेत । प्रथम कर्णाली प्रदेश स्तरिय बुद्धिचाल प्रतियोगितामा दैलेखका खेलाडीले वचर्श्व कायम गरेका छन् । कर्णालीबाट खेलाडी उत्पादन गर्न र खेलाडीहरुको हौसला प्रदान गर्ने उदेश्यले आयोजित प्रतियोगितामा दैलेखका चार जना खेलाडीहरु विजयी भएका हुन् ।
प्रतियोगिताको महिलातर्फ नम्रता न्यौपाने प्रथम, लक्ष्मी कार्की दोस्रो र हेमा खड्का तेस्रो भएका छन् । विजयी तीनै जना दैलेखबाट सहभागी भएका खेलाडी हुन् ।
उनीहरुले क्रमश सातहजार, पाँचहजार र तेस्रोले तीन हजार नगद तथा प्रमाणपत्र पाएका छन् । १५ वर्षमुनीको प्रतियोगितामा चाँदनी थापा (दैलेख) र लोमन बुढा विजयी भए । उनीहरुले समेत नगद तथा प्रमाणपत्र पाएका छन् ।
पुरुषतर्फ खुला प्रतियोगितामा आजोजक टिमबाट शक्तिमान बुढा प्रथम, निरक रावल (दैलेख) दोस्रो, मदन ओली (सल्यान) तेस्रो तथा गगनबहादुर शाही (हुम्ला) चौथो भए । उनीहरुलाई क्रमश २० हजार, १५ हजार, १० र तीनहजार नगद तथा प्रमाणपत्र दिइएको छ ।
बुद्धिचाल संघ कर्णालीको आयोजनामा भएको प्रतियोगितामा कर्णालीका ६ जिल्लाबाट ४० जना खेलाडीहरु सहभागी भएका थिए । संघका संयोजक रतननाथ योगीले नयाँ कार्यसमिति अधिवेशनबाट चयन गर्न लागिएको बताए ।