सुर्खेत । राष्ट्रिय बाणिज्य बैंक प्रादेशिक कार्यालय मतहतका कार्यालयहरुले ५५ औं बार्षिकोत्सव मनाएका छन् । बार्षिकोत्सवमा सुर्खेत शाखाले विद्यार्थीलाइ पाेशाक वितरण गरेकाे छ भने मेहलकुना शाखाले उत्कृष्ट ११ जना ग्राहकलार्इ सम्मानित गरेकाे छ ।
राष्ट्रिय बाणिज्य बैंक प्रादेशिक कार्यालयले अायाेजना गरेका वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया ढकालले बैंकको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘बैंकको सेवा प्रवाहप्रति सेवाग्राही सन्तुष्ट छन्, तर समय र सेवाग्राहीको माग अनुसार बैंकले आफ्नो सेवा प्रवाहलाई जोड दिनुपर्छ ।’ व्यवसाय गर्न चाहने सेवाग्राहीलाई ऋण लगानी गर्न बैंक तयारी हुनुपर्ने उनको भनाइ छ ।
बैंकका कर्णाली प्रदेश प्रमुख शालिकराम पोखरेलले ग्राहकको विश्वास जित्नेगरी बैंकले आफ्नो सेवा प्रवाहमा जोड दिएको भन्दै भएका कमिकमजोरीलाई सुधार्दै लैजाने बताए ।
उनले भने,‘सेवाग्राहीको साथसहयोगले बैंकको ५५ बर्ष पार भयो, आगामी दिनमा पनि थप आकर्षक सेवा दिने बैंकले रणनीति थालेको छ ।’ उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष धनबहादुर रावतले बैंकले व्यापारीबाट असुल्ने चर्को व्याजदर घटाउनुपर्ने बताए ।
राष्ट्रिय बाणिज्य बैंक सुर्खेत शाखा प्रमुख लिलाराम ढुङगानाले आधुनिक प्रविधिको विकाससँगै बैंकले सेवाप्रवाहलाई पारदर्शी र प्रभावकारी बनाएको बताए ।
उनकाअनुसार सुर्खेत शाखाले पुस मसान्तसम्म दुई अर्ब ४४ करोड ८५ लाख ४२ हजार पाँच ७० कर्जा लगानी गरेको छ । जसमा बैंकले नौं करोड ९४ लाख ७७ हजार चार सय ३६ रुपैयाँ नाफा लिएको छ ।
पोशाक वितरण
यस्तै वार्षिकोत्सवको अवसरमा ६८ जना विद्यार्थीलाई पोशाकसमेत वितरण गरिएको बैंकले जनाएको छ । वीरेन्द्रनगर ११ को कालिका प्राथामिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको हो ।
पोशाक वितरण गर्दै बैंकका शाखा प्रमुख लिलाराम ढुङ्गगानाले समुदायमा रहेका आर्थिक रुपमा कमजोर विद्यालयलाई पोशाक वितरण गरिएको बताए ।
उनले भने ‘बैंकलाई पैसा झिक्न र राख्ननको लागि मात्र नभएर सम्झन् आग्रह छ । साथै हामिहरुले विगत देखि यस्ता कामहरु धरैमात्रमा गर्दै आएका छौं र आगामि दिनहरुमा पनि समाजमा आर्थिक स्थिति कमजोर तथा विपन्न र गरिब घरपरिवारका विद्यार्थीहरुलाई सहयोग गर्दै जाने छौं ।’
यस्तै बैंकका साहाय प्रबन्धक कलबहादुर बुढाले ठाउँ बिशेषलाई हेरेर यस्ता कार्यक्रम गर्दै आएको र बाकी दिनहरुमा सबैकाे आवाजहरु सुनेर उनिहरुसंग अनुकुल हुने काम निरन्तरता दिने बताए । पोशाक वितरण संगै विद्यालय प्रध्यापक तथा शिक्षक र अभिभावकहरुले धन्यवाद दिएका छन ।
यसैविच, मेहलकुना शाखाले ११ जना निक्षेपकर्ता र कर्जाका ग्राहकलाइ सम्मानित गरेकाे शाखा प्रमख चिरञ्जिविले जानकारी दिए । कार्यक्रममा गुर्भाकाेट नगरपालिकाका प्रमख हस्त पुनले उनीहरुलाइ प्रशंसा पत्र वितरण गरेका थिए ।