सुर्खेत । बिप्लव निकट नेकपाका कार्यकर्ताले एमसिसि सम्झौताको बिरोधमा सुर्खेत को बीरेन्द्रनगरमा कोणसभा सम्पन्न गरेका छन।
एमसिसिको रास्ट्रब्यापि बिरोध गर्ने पार्टी को केन्द्रीय कार्यक्रम अनरुप आज ऊनिहरुले बिरोध स्वरुप कोणसभा गरेका हुन।राज्यले प्रतिबन्ध लगाएपछि ऊनिहरु मुख्य शहर बीरेन्द्रनगर बजारमा कार्यक्रम गर्ने थाहा पाएपछि प्रहरिले हस्तक्षेप र दमन गर्ने भएको कारण बीरेन्द्रनगरका फरक फरक ठाऊ बाट बिरोध सभको जुलुस निकाल्ने गरेका छन।पार्टी कार्यकर्ता रिहाइको माग गर्न सुर्खेत क्षेत्रिय हस्पिटल को चोक प्रयोग गरेका ऊनिहरुले एमसिसिको बिरोधमा कोणसभा गर्न हरि डिलभुमि मा बि को को चोक बाट नारा लगाएर सुरु गरेका थिए।
अमेरिकाले हिन्द–प्रशान्त रणनीतिको मुख्य उद्देश्य चीनको प्रभाव र विस्तारलाई दक्षिणएसियामा रोक्ने हो भनेकै छ तर हामीले नेपालकेन्द्रित अमेरिकी चासोलाई हेर्दा चारवटा भित्री योजना देख्न सकिन्छ । पहिलो, चीनको प्रभावलाई रोक्ने, दोस्रो दक्षिणएसियामा देखिएको कम्युनिस्ट क्रान्तिको सम्भावनालाई रोक्ने, तेस्रो नेपालको कvम्युनिस्ट क्रान्तिलाई रोक्ने र चौथो नेपालमा अमेरिकी सैन्य अड्डा खडा गर्ने ।त्यसकारण यो सम्झौता खारेज हुनुपर्छ भनेर मन्तव्य राखेका थिए।