☰ open Loading... 7 April 2020|   मङ्लबार, चैत्र २५, २०७६

ढाेरपाटन राष्ट्रिय भलिबल प्रतियाेगितामा चुली युवा क्लवका खेलाडीकाे विदाइ

  |

सुर्खेत । ढोरपाटन राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सहभागी हुन लागेका चुली युवा क्लवका खेलाडीहरुलार्इ विदाइ गरिएकाे छ । कर्णाली प्रदेश राजधानीकाे वीरेन्द्रनगरमा एक कार्यक्रकाे अायाेजना गरेर सहभागी हुन लागेका खेलाडीहरुलाई विदाई गरिएको हाे  ।

विदाई कार्यक्रममा कराँतेका अन्तर्राष्ट्रिय प्रशिक्षक प्रदीप कुमार राईले १६ अाैं ढोरपाटन राष्ट्रिय महिला भलिबलमा सहभागी हुने टिम कर्णाली प्रदेशबाट पहिलो भएको बताएका थिए ।

क्लबका अध्यक्ष महेश जिसीले क्लवले भलिबलमा मात्र नभई शिक्षा स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा काम गर्दै आएको बताए । उनले कर्णालीको नामलाई उचाइमा पुर्याउन मेहनतका साथ उत्कृष्ट खेललाई प्रदर्शन गर्न अाग्रह गरे ।

कार्यक्रममा खेलाडीहरुलाई सुर्खेतलाई मात्र नभई सिङ्गो कर्णाली प्रदेशलाई चिनाउने गरी उत्कृष्ट प्रदर्शन गर्न अनुरोध गरे । खेल प्रशिक्षक र खेलाडीहरुलाई खाँदा लगाएर विदाइ गरिएकाे थियाे ।

प्रकाशित मितिः बुधबार, माघ १५, २०७६     2:58:49 PM
error: Content is protected !!