सुर्खेत । कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरमा दुर्घटना न्यूनिकरण गर्ने सचेतनामुलक कार्यक्रमकाे अायाेजना गरिएकाे छ । सुर्खेत महिला जेसीजले शुक्रबार वीरेन्द्रनगरमा दुर्घटना न्यूनिकरणका लागी ट्राफिक जनचेतनामुलक कार्यक्रमकाे अायाेजना गरेकाे हाे ।
बढ्दो दुर्घटना र त्यसबाट उत्पन्न हुने धनजनको क्षतिलाई न्यूनिकरण गर्न नागरिकमा सचेतना फैलाउन कार्यक्रमकाे अायाेजना गरिएकाे बताइएकाे छ ।
पिपल चौताराबाट र्यालीसहित मंगलगढी चोकमा सभामा परिणत भएको कार्यक्रममा बोल्दै सुर्खेत महिला जेसीज वर्ष २०२० का अध्यक्ष प्रमी शाक्यले सचेतनाको कमीका कारणले दुर्घटना भइरहेकाले सचेतना अभिवृद्धिको अभियान स्वरुप कार्यक्रम आयोजना गरिएको बताइन्। उनले ट्राफिक प्रहरी संगको सहकार्यमा कार्यक्रम संचालन गरिएको जानकारी दिइन ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदय सिंह सिजापतिले दुर्घटना न्यूनिकरणकालागि विभिन्न सामाजीक संघ संस्थाहरुसंग सचेतना बृद्धिका लागि समन्वयात्मक क्रियाकलाप भएको बताए । उनले ट्राफिक जनचेतनाका लागी सबै सरोकारवाला संघ संस्थाहरुसँग सहकार्य गरेर अघि बढ्ने बताए ।
कार्यक्रममा देउती नागरिक यातायात प्रा.लि.का अध्यक्ष कमल खड्का जुनीले सुर्खेत महिला जेसीजले दुर्घटना न्यूनिकरणका सम्बन्धमा सचेतनाका लागि महत्वपुर्ण कार्यक्रम संचालन गरेकोमा प्रशंसा गरे । उनले सुर्खेत महिला जेसीजसँग अवद्ध सबैलाई यात्रामा १५ प्रतिशत छुट दिने घोषणा गरे ।
कार्यक्रममा वडा नं. ६ का वडा सदस्य उपेन्द्र खड्काले दुर्घटना न्यूनिकरणका लागि आमनागरिक समेत सचेत हुनुपर्ने भन्दै चालकलाई मात्र दोष दिनु गलत भएकोले सबै क्षेत्रका व्यक्तिहरु जिम्मेवार हुन अावश्यक रहेकाे औंल्याए । कार्यक्रममा सवारी चालक तथा सहचालकहरुको नि:शुल्क स्वास्थ्य परिक्षण समेत गरिएको थियाे ।